अन्तराष्ट्रिय उडान वैशाख ३ सम्म प्रतिबन्ध

आइतवार, चैत्र १६, २०७६



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याउने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिको बैठकले ३ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध यथावत राख्ने निर्णय लिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्ववर पोखरेल संयोजक रहेको समितिले यसअघि ९ चैत देखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडानमा स्थगन गर्ने निर्णय लिएको थियो ।

जसलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको हो । प्रतिवन्ध गरिएपनि  गृहमन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा अत्यावश्यक काममा उडान गर्न सक्ने छ ।

समितिले लकडाउन पनि एकसातालाई बढाउने निर्णय लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments