नेपालकी पाँचौ कोरोना संक्रमित युवती पनि निकाे भएर घर फर्किइन्

शनिबार, बैशाख १३, २०७७



बागलुङ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी बागलुङकी १९ वर्षीय अंशु सापकोटा निको भएर घर फर्किएकी छन् । एक महिनाभन्दा लामो समय आइसोलेसनमा बसेपछि अंशु  नेपालकी पाँचौं संक्रमित हुन्  ।

बागलुङ नगरपालिका-४ कुँँडुलेकी उनी बेल्जियममा रहेका आफ्ना बुवाआमासँग भेट गरि उनी ४ चैतमा नेपाल आएकी थिइन् ।

‘स्वाब परीक्षणमा गर्दा लगातार दोस्रोपटक पनि नेगेटिभ देखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरेका छौँ’, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले भनिन् । त्यसअघि चार पटकसम्म ती युवतीको रिपोर्ट पोजेटिभ आएको थियो। तर, पछिल्ला २ रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सुवेदीले बताइन् ।

उनीसँगै आएकी ६५ वर्षीय मनकुमारी पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। गत शनिबार मनकुमारी पनि निको भएर डिस्चार्ज भइसकेकी छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments