नेपाल एयरलाइन्सद्वारा जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने घोषणा

बुधबार, अशोज १, २०७६



काठमाडौं । नेपाल एयर लाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडामा छुट दिने घोषणा गरेको छ ।

नेपाल एयर एयरलाइन्सले ७० वर्ष पूरा भएका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । बुधबार देखि लागू हुने गरि एयरलाइन्सले उक्त घोषणा गरेको हो । केहि साता अघि पर्यटनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणासँगै नेपाल एयरलाइन्सले उक्त घोषणा गरेको हो ।

साथै आउँदै गरेको नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै अग्रिम आन्तरिक टिकट बुकिङ समेत खुलाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments