विज्ञान प्रविधिको अधिकतम प्रयोगले मात्र समृद्धि सहज ढंगले प्राप्त गर्न सकिन्छः प्रदीप ज्ञवाली

सोमवार, भदौ १२, २०७४



काठमाडौँ। अनेरास्ववियु विज्ञान, प्रविधि अनुसन्धन विभागले राजधानीमा ‘सम्वृद्धिका लागि विज्ञान, प्रविधि, उद्यमशिलता र रोजगार’ विषयक अन्तरक्रियाको आयोजना गरेको छ । एमाले सचिव प्रदीप ज्ञवालीको प्रमुख आथित्यतामा आयोजना गरिएको त्यस कार्यक्रममा प्राध्यापक डाक्टर रामेश्वर अधिकारी र रोमकान्त पाण्डेले कार्यकपत्र प्रस्तुत गरेका थिए ।
सो कार्यपत्रमाथि इ–सेवा प्रालीका कार्यकारी अधिकृत अस्गर अली, डाक्टर सुमित्रा अमात्य, इन्जिनियर अनुप बास्कोटा, राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर हिरेन्द्रमान प्रधान, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर चन्द्रमणि अधिकारी, हिसानका अध्यक्ष रमेश सिलवाललगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै बक्ताहरुले अहिलेको युग सूचना र प्रविधिको युग भएको भन्दै त्यसको पहुँच सबैतिर पुर्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पार्टी सचिव ज्ञवालीले विज्ञान, प्रविधिको विकासले मात्र समाजवादको दिशा तय गर्न सक्ने बताए । ‘विज्ञान प्रविधिको अधिकतम प्रयोग गरेर उद्यमशीलता र रोजगारको वृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘जसबाट समृद्धि सहज ढंगले प्राप्त गर्न सकिन्छ ।’

अनेस्ववियुका अध्यक्ष नविना लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका प्रमुख डम्बर अधिकारीले पनि विज्ञान र प्रविधिबाट मात्रै आजको उत्पादन सम्वन्धलाई गुणात्मक हिसावले वृद्धि गर्न सकिने दाबी गरे । ‘हाम्रो साझा लक्ष्य नै समृद्धिको यात्रा हो,’ उनले भने, ‘जसका लागि प्रविधिको अधिकतम प्रयोग विना असम्भव छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments