समुन्द्र र मान्छे

मङ्लबार, मंसिर २४, २०७६



बाँध्न सक्नेछैनौ तिमीले यस समुन्द्रलाई ।

न त विनम्रताले,
न त आक्रोशले नै ।
उसको खिसी गरेर हाँस्न भने सक्नेछौ तिमी ।

हाँसोकै खित्काजस्तै क्षणिक बाँच्नेहरुले
पत्ता लगाएका हुन्
हाँसो ।

यो सनातन समुन्द्रले
हाँस्न कहिल्यै सिक्ने छैन ।

© अन्ना स्विर्सज्येन्स्का (१९०९-१९८४)

अनुवाद : सुमन पोख्रेल 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments