सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएन, सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं : झा

बिहिबार, कार्तिक २२, २०७५



रौतहड । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले सरकारलाई दिएको समर्थन चाडैं फिर्ता गर्ने बताएका छन् ।
विहिबार आफ्नै निवासमा दीपावली, नेपाल संवत् तथा छठको अवसरमा पत्रकार सम्मेलन गर्दै र बतााजपा सदस्य झाले उक्त कुरा बताएका हुन् । उनले भने, राजपाले सरकारलाई सर्त सहितको सहमती दिएको हो । सरकारले त्यो पूरा गरेन । त्यसैले हामी समर्थन फिर्ता गर्छौं ।
नेता झाले सरकारले आफ्ना मागहरुको वेवास्था गरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । छठभन्दा पहिले नै वा छठ लगत्तै राजपा अध्यक्ष मन्डलको बैठक बसी नेकपाको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता झाले स्पष्ट पारे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank