समलैंगिक सम्बन्धलाई स्वीकार गर्ने पछिल्लो देश अंगोला

आइतवार, माघ १३, २०७५



लुवाण्डा । विश्वका थुप्रै मुलुकहरु समलैंगिक सम्बन्धलाई अवैध मान्ने गर्छन् । तथापी समलैंगिक सम्बन्धलाई वैधता दिने पछिल्लो देश अंगोला बनेको छ ।

सन १९७५ मा पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी मुलुक अंगोलामा लामो समय देखी समलैंगिक स्वतन्त्रताको माग चर्किएको थियो ।

सेन्ट्रल अफ्रिकी देश अंगोलाको सरकारले गत जनवरी २३ तारिखमा एक कानून निर्माण गर्दै लैंगिक झुकाव या आकर्षणको आधारमा गरिने भेदभावलाई रोक लगाएको छ ।

ह्युमन राइटस वाचको हवाला दिदैं मिडियाले जनाएको छ , पुरातन र नराम्रो विरासतलाई अलग गर्दै भेदभावलाई हटाउँदैं अंगोलाले समानता अपनाएको छ ।  गैर सरकारी संगठन ह्युमन राइटस वाचले अंगोलाका सांसदहरुलाई धन्यवाद दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata