कोरोना दोस्रो विश्वयुद्धको पछिको ठुलो चुनौती हो- एंगेला मर्केल

शुक्रबार, बैशाख १२, २०७७



काठमाडौं । जर्मनी चान्सलर एंगेला मर्केलले विश्वव्यापी महामारी कोरोना भाइरस(कोभिड-१९)को संक्रमण दोस्रो विश्व युद्धपछि कै ठूलो चुनौती भएको बताएकी छिन् ।

चान्सलर मर्केलले  कोरोना भाइरसबाट बच्न जर्मनीले विशेष सतर्कता अपनाउनु पर्ने बताएकी छिन् । कोरोनाको संक्रमण लामो समयसम्म रहने भएकाले विल्कुल फरक तरिकाले यसको सामना गर्नुपर्ने उनको भनाइ छ । यसका लागि ईयूको बजेटमा सबैभन्दा धेरै योगदान जर्मनीको हुने उनले बताइन् ।

जर्मनीमा १ लाख ४८ हजार ४६ मा कोरोना संक्रमण देखिसकेको छ । ५ हजार ९४ को कोरोना संक्रमणका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments