मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आतुर छन्ः सापकोटा

सोमवार, बैशाख २४, २०७५



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरूले सफल बनाउने बताएका छन् । उनले भने, ‘मोदीजीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आतुर छन्, हामी सफल बनाउँछौं ।’

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा सापकोटाले मोदीको भ्रमण सफल बनाउन सरकार पूर्ण रुपमा लागिपर्ने बताएका हुन् । उनले भने, ‘विगतमा नेपालका प्रधानमन्त्रीहरू दिल्ली जाने परम्परा थियो, तर भारतका प्रधानमन्त्रीहरू पनि अहिले नेपाल आउन थाल्नुभएको छ, अहिले भ्रमणहरू दोहोरो हुन थालेका छन्, यो सुखद् पक्ष हो ।’

उनले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्वादहरू उच्च तहमा पनि सुरु भएको जनाए । उनले भने, ‘अहिले त दुई देशबीच राजनीतिक तहमा नै सम्वादहरू हुन थालेका छन्, यो राम्रो पक्ष हो ।’ मुलुकको आन्तरिक नीतिको विस्तारित रुप नै कुटनीति भएकोले सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘समानताका आधारमा हामीले आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने हो, आफ्नो स्वाभिमानलाई सँधै उँचो राख्दै अघि बढ्नुपर्छ, तर विदेश नीतिमा सबै दलहरूवीच एकता हुनुपर्छ ।’

उनले नेपाल विश्वकै दुई ठूला उदयीमान अर्थतन्त्र भएका देश भारत र चीनको बीचमा रहेकोले आगामी दिनमा त्रि–देशीय साझेदारी पनि अघि बढ्ने विश्वास उनको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै भ्रमण सफल बनाउने विश्वास दिलाए । यदपि उनले भ्रमण सफल बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

साउदले मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप हार्दिकता आउने पनि विश्वास दिलाए । उनले भने, ‘भ्रमण सफल बनाउन सरकारले यथेष्ट गृहकार्य गर्नुपर्छ, सायद गरेको होला पनि, भ्रमणलाई उच्चतम हितमा प्रयोग गर्नुपर्छ ।’

साउदले मोदीको भ्रमण औपचारिक रुपमा काठमाडौंबाट भएको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले थपे, ‘औपचारिक भ्रमण काठमाडौंबाट सुरु भएको भए राम्रो हुने थियो, काठमाडौंपछि जनकपुर हुँदै मुक्तिनाथ गएको भए राम्रो हुने थियो, किनकी केन्द्रीय सरकार त काठमाडौंमा छ, जे भएपनि उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेश सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वोच्च नेता भएकोले उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरूले सफल पार्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले थपे, ‘यही बैशाख २८ गते उहाँले जनकपुरमा पहिलो पटक पाईला टेक्दैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो, तर कसैलाई निरर्थक ईस्र्या लाग्नुको कुनै तुक छैन, ईष्र्या लागे लागिरहोस् ।’

नेपाल र भारतबीच ऐतिहासिक र अटुट सम्बन्ध रहेको बताउँदै उनले मोदी दुई देशका जनता–जनताबीचको सम्बन्धलाई झनै मजबुद बनाउन जनकपुर भ्रमणमा आउन लागेको समेत बताए । भएको नेता सुमनले विश्वास दिलाए । उनले भने,‘प्रदेश नम्बर २ का सम्पूर्ण वासीहरु उहाँलाई भव्य स्वागत गर्नको लागि आँतुर छन्, अहिले जनकपुरका पर्खालहरु यहाँका सामाजिक–साँस्कृतिक परम्परा झल्किनेगरि रँगिएका छन्, शहर सफा भएको छ ।’

79 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank