एमनेस्टीले फिर्ता लियो सुकीको सम्मान

मङ्लबार, कार्तिक २७, २०७५



लण्डन । एमनेस्टीले इन्टरनेशनलले गत सोमबार आङ साङ सुकीको विरुद्ध कठोर कदम चालेको छ । म्यानमारमा रोहिंग्या मुसलमान माथि सेनाले गरेको अत्याचारमा उनकाे उदासिनतालाई लिएर विगतमा एमनेस्टीले दिएको सर्वाेच्च सम्मान फिर्ता लिने निर्णय गरेको हो ।

लण्डन स्थित मानवअधिकार संगठन एमनेस्टीले भनेको छ । विगतमा सुकीलाई दिएको ‘एम्बेस्डर अफ कन्साइन्स अवार्ड ’ फिर्ता लिएको छ । सन् २००९ मा आङ साङ सुकी घरमा नजरबन्द रहेको समय उक्त सम्मान उनलाई प्रदान गरिएको थियो ।

एमनेस्टी इन्टरनेशनल प्रमुख कुमी नायडुद्वारा लेखिएको पत्रमा भनिएको छ । आज हामी अत्यन्त निराश छौं कि तपाई अब आसा, साहस र मानव अधिकार रक्षाको प्रतिक रहनु भएन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata