एन्फा अध्यक्षमा शेर्पा विजयी

शनिबार, बैशाख २२, २०७५



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी भएका छन् । शनिबार ललितपुरमा भएको चुनावबाट प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाले ६३ मत पाउँदा कुँवर १२ मतमा सीमित भए ।

कार्यसमितिमा सबै शेर्पा प्यानलका निर्वाचित भए । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । प्रत्यासी कुँवरले भने साधारणसभा विधिसम्मत नभएको भन्दै आफू निर्वाचन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका थिए। साधारणसभा स्थलमा उपस्थित भए पनि उनी हलमा पसेनन्।

उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह कृष्णबहादुर थापा र बीरबहादुर खड्का निर्वाचित भए। ४ उपाध्यक्षका लागि ९ जना मैदानमा थिए।
११ सदस्यीय सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए। २९ जना सदस्यका प्रतिस्पर्धी थिए ।
महिला सदस्यमा पेमा लामा निर्विरोध भइसकेकी थिइन्।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata