रेलमार्ग मुख्य प्राथमिकतामा: ७ अर्ब ७० करोड बजेट

शनिबार, जेष्ठ १८, २०७६



रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ ।

चालू आवमा साढे ४ अर्ब बजेट पाएको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो ।

आर्थिक वर्ष २०७६/७७ को बजेट गत बुधबार संसद्मा पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखी बजेट छुट्याएका हुन् । आगामी आर्थिक वर्षका लागि छुट्याइएको सो बजेट रेलमार्गको काममा खर्च हुने बजेटमा उल्लेख गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata