नियमावली सच्याउन माग गर्दै निर्माण व्यवसायीहरु आन्दोलित
मङ्लबार, मंसिर १०, २०७६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली–२०७६ तत्काल सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएको छ ।
महासंघले नियमावली सच्याउन प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री हुने गरी सो नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सूचारु गराउने वातावरण बनाउन सरकारसँग माग गरे ।
उनले नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिँदै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइरहेका छन ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments