भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन आन्दोलनमा

आइतवार, भदौ २२, २०७६



चितवन । भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियन आन्दोलनमा उत्रेको छ ।
भरतपुर अस्पताल केन्द्रिय अस्पतालको सूचीमा सूचीकृत भएको भए पनि सरकारी दरबन्दी कम रहेको, विगत डेढ महिना देखी विना सम्झौता करारका कर्मचारीलाई काम गर्न लगाएको जस्तो गैर जिम्मेवारीमा अस्पताल प्रशासन लागेको भन्दै आन्दोलनमा उत्रेका छन । गत शुक्रबार देखी जारी आन्दोलनका कारण विरामीहरु मर्कामा परेको स्थानीयहरुले जनाएका छन ।

कर्मचारी युनियनले विभिन्न ११ बुँदे माग सहित भरतपुर महानगरपालिकालाई ज्ञापनपत्र समेत बुझाइसकेको भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियनका सदस्य राजनबाबु तिवारीले नेपालपाटी डटकमलाई जानकारी दिएका छन ।

पटक पटक सम्बन्धीत निकायलाई ध्यानाकर्षण गरेको भए पनि माग सुनुवाई नभएको सदस्य तिवारीको भनाइ रहेको छ । माग सम्बोधन नभए चरणबद्ध रुपमा आन्दोलन गरिने युनियनले जनाएको छ । उनीहरुले आइतबार दिउँसो चार बजे पत्रकार सम्मेलन मार्फत आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएका छन ।

1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata