सडक कालोपत्रे गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप

बिहिबार, बैशाख २६, २०७६

- बसन्त शाही



काठमाडौं । चाबहिल देखी जोरपाटी सडक खण्ड कालोपत्रेको माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

 सरकारले लामाे समय वित्दा पनि चाबहिल देखी जोरपाटीसम्म सडक कालाेपत्रे नगरेकाे भन्दै विराेधमा उत्रेका हुन् । सरकारले आफ्नो माग पूरा नगरेको भन्दै  शंख फुक्दै सडकमा उत्रे पछि प्रहरी र स्थानीयबीच झडप भएकाे थियाे। चर्का नारा जुलुस सहित प्रदर्शनमा उत्रेका स्थानीय माथि प्रहरीले लाठीचार्ज सहित अश्रुग्याँस प्रहार गरेकाे छ ।

 आन्दोलनकारीले प्रहरी माथि ढुङ्गामुढा गरेका छन् । चुच्चेपाटी–साँखु सडक विस्तार योजना शुरु भएपनि अहिलेसम्म पूरा नभए भन्दै स्थानीयले बुधबारदेखि आन्दोलन उत्रेका थिए । प्रहरीले स्थानीयको घर भित्र प्रवेश गर्दै लाठीचार्ज गरेको स्थानीयले अरोप लगाएका छन् । आन्दोलनमा केही स्थानीय घाइते भएका छन् भने चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प रहेको बताइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata