सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म किन आन्दोलन ?

आइतवार, पुस २३, २०७४



काठमाडौँ, प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर देशका विभिन्न भागमा आन्दोलन भइरहेको छ । सुदूरपश्चिमदेखि सुदूरपूर्व सवैतिर आन्दोलन नै आन्दोलन छ । कतिपय जिल्ला र क्षेत्रले आन्दोलन गरेका छन् भने कतिपयले ऐक्यवद्धता जनाएका छन् । सरकारले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ठिमी, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी तोक्ने तयारी गरेपछि आन्दोलन सुरु भएका हुन् ।

धनकुटामा प्रदेश नं. १ को राजधानी माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयले क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साईनबोर्ड राख्दै सांकेतिक रुपमा राजधानी कायम गरिएको घोषणा गरेका छन् । प्रदर्शनमा उत्रिएका जिल्लाबासीले धनकुटा बजारका विभिन्न भागमा नारा जुलुश गर्दै सरकारी कार्यालयमा विभिन्न ११ मन्त्रालयको साईनबोर्ड टाँगेका छन् ।
प्रदेश नं. ७ को राजधानी माग गर्दै डोटीमा बन्द आयोजना गरिएको छ । बन्दले प्रदेश नम्बर ७ का ७ पहाडी जिल्लाको आवतजावत अवरुद्ध छ ।
प्रदेश राजधानीको माग गर्दै रुपन्देही, काभ्रे लगायतका जिल्लामा पनि प्रदर्शन भइरहेका छन् । सरकारले राजधानी नतोकेको सूचना जारी गरेपनि आन्दोलित जनता साम्य भएका छैनन् ।

उपस्थितिका लागि आन्दोलन
संक्रमणकालमा सवैले फाइदा लिन खोज्छन् । अहिले प्रदेश राजधानीको विषयमा पनि त्यही भएको छ । सरकारले अहिले तत्काल अस्थायी राजधानी कायम गरिए पछि गाह्रो पर्ने र सजिलो हुने तर्क सहित स्थानीय आन्दोलनमा छन् । आफ्नो जग्गा पर्नु नहुने तर आफ्नै छेउमा राजधानी तोक्नुपर्ने आवाजले निकास पक्कै निस्कदैन । अहिले सरकारले अस्थायी राजधानी तोके पनि नतोके पनि प्रदेश सभाका बहुमत सांसदको निर्णयको आधारमा स्थायी राजधानी तोकिने छ । त्यसकारण अहिलेको आन्दोलन उपस्थिति देखाउने भन्दा अरु केही होइन ।

कमजोर सरकार
प्रदेश राजधानी माग्दै देशभर आन्दोलन चर्केकाले अस्थायी राजधानी तोक्ने आँट सरकारले गरेको छैन । स्थायी राजधानी भने प्रदेश सभा आफैँले तोक्ने संवैधानिक व्यवस्था छ । आन्दोलन चर्केको र विपक्षी दलहरुले सुझाव समेत दिन नचाहेकाले अस्थायी राजधानी नतोक्ने निचोडमा सरकार पुगेको कानुनमन्त्री यज्ञबहादुर थापाले बताएका छन् । उनका अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख मात्रै नियुक्त गर्नेछ ।

439 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank