सुकेधारा र अनामनगरमा विष्फोट, ३ जनाको मृत्यु (नामसहित)

आइतवार, जेष्ठ १२, २०७६



काठमाडौँ ।  काठमाडौँको सुकेधारामा भएको विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ  भने  ५ जना घाइते भएका छन् । विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।  बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताएका छन्  ।

यता, प्रहरीले अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ । अनामनगर विष्फोटमा परेर लोकमञ्जरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा  १ जना घाइते भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata