पिँजडाको चरी ( कथा )

शुक्रबार, असार ६, २०७६



पिँजडाको चरी ( कथा ) – सीता ओझा 

‘ए  निला उठ्, कति सुत्छेस् ? उज्यालो भयो त ! ‘ –  उज्यालो रिमरिम नआउदै शिलाले ठूलो स्वर गर्दै  निलालाई उठाइ ।

‘के को हतारो हो ?  किन  चिच्याएको ? आँ निन्द्रै पुग्या छैन, भो म त सुत्छु ।’ – निला निद्राकै सुरमा फटाफट बोली र सिरानी तान्दै ब्याङ्केटले गुटुमुटु हुँदै मुखै छोपेर सुति ।

शिला भत्फताउदै  शौचालयमा तिर गई ।

एक छिन पछि निलाकी आमाले बाहिरबाटै निला र शिलालाई  बोलाउनु भयो । ‘ए नानी ! छोरी… शिला, तिमी त उठ्यौ होला नि ?’  आमाको बोलीसगैं शिला ढोका खोल्दै ‘हजुर …. आमा म ट्वाइलेटमा थिएँ ।’  भन्दै बाहिर आइ ।

निला र शिलाको अघिल्लो दिनको कोशी टप्पु वन्यजन्तु आरक्ष जाने  सरसल्लाहमा सुनेकोले नै  आमाले उनीहरूलाई बिहानै उठाउन खोज्नु भएको थियो ।

सानै उमेरदेखि शिला र निला दुवै  चराचुरुङ्गी देख्यो कि समाउनै जाउला झैं गर्दथे । त्यहि भएर होला  निला र शिला दुवैको घर, आँगन र सानो कोरेसा बारीमा स-साना रूख, बुट्यान र बेला बेला त झाडी नै हुने बगैँचा हुन्थ्यो । बुट्यान र पोथ्राहरूमा स-साना चराहरू, जुरेली आदि सल्वलाई रहन्थें ।

कहिलेकाहीँ त घरमा आउने पाउनाहरू पनि त्यै कोरेसाबारी मै झुम्मिएर तीनै चराहरू उडेको, बसेको, हिडेको र कराएको सुनेर मख्खै  परेको देखिन्थ्यो ।

निलाकी आमा नित्य परेवालाई कौशीमा बोलाएर मकै खुवाउथिन ।  शिलाकी आमाले त जम्मा गरेर राखेको प्रत्येक छाकको एक मुठी चामल हरेक दिनको बिहान भगेरा र मैनाहरूलाई  कौसीमा लगेर  छरिदिने गर्थिन ।

चारो छर्न नपाउदै परेवाले शिलाकी आमालाई घेरी हाल्थे । कहिलेकाहीं त शिलाकी आमाको कुम मै बस्थे । परेवा आमाको कुममा बसेको देखेर शिला र निला  खुसिले चिच्याउदै आमालाई नै च्याप समाउथे । त्यो दृश्य देख्दा परेवाले शिलाकी आमालाई सधैंका लागि आफ्नी आमा बनाउन खोस्न लागेर शिला र निला चिच्याएका हुन कि जस्तो लाग्थ्यो ।

निलाकी आमा बिहानको समयमा कौसीमा जानु भनेको राजनीतिक नेतालाई कार्यकर्ताहरूले ठाउँ ठाउँमा आफ्नो काम पट्याउन घेरेको जस्तै गरि घेरेको भन्दा फरक पर्दैन थियो ।

सधैं चराचुरुङ्गी खेलेको देखेर निला र शिला पनि उठ्ने बित्तिकै कौसी मै पुग्थे र  आमासँगै चरालाई चारो हाल्न साथी बन्थे ।  चराचुरुङ्गीहरूसगँ खेल्दा सबै कुरा बिर्सेर निकै प्रसन्न पनि हुन्थें ।

आमालाई छकाएर बेला बेला दुवैले परेवा र भगेरालाई च्याप्प  समाउने पनि गर्थे । त्यसरी चरा समाएको देखेपछि आमा रिसाउनु हुन्थ्यो ।

आमाले कराउदै ‘तिमीहरू पापीहरू ! छोडिदेउ त्यसलाई !  त्यसरी समातेर, बाधेर राख्यो भने तिमीहरूलाई कस्तो लाग्छ हँ ? आफ्नो रमाइलोको लागि कसैको पनि स्वतन्त्रता हनन गर्न हुन्न् ।’ भन्दै शिला र निलाको छेउमा जानू हुन्थ्यो र समातेको परेवा र भगेरालाई उडाइ दिनु हुन्थ्यो । त्यो गाली सुन्नकै लागि उनीहरूले चरा समाएको कुरा नबुझेर  मख्ख पर्दै आमातिर टुलु टुलु हेर्दथे ।

शिला र निला दुवैको परिवार शहर पसेको पनि बीसौं वर्ष भइसकेको थियो । अहिले शहरमा बिताउने दिनचार्या र गाँउको जीवन शैलीमा धेरै अन्तर थियो ।

सानो छदा गाउँ घरमा रमाएको, खेलेको, चराहरूसगँ कौसी र कोरेसावारीमा भागदौड गरेको, चराको लागि कचौरामा पानी राख्ने गरेको, हजुरआमाले बिहानको खाना खानु अघि चराहरूलाई पातमा खाना पस्केर दिएको कुरा निला र शिलाले अहिले सम्झन्थें ।

कौवाले दुख दिएर गुलेली ताकेको, बिचरीको गुड छेउमा जादा कानै उडाउला झै गरेर छेउमा आएर पखेटाले हानेको, कपाल  तानेर रग्तामे पार्दै सुत् सुत् उडेको कुरा निला र शिलाले कथा जस्तै गरि साथीहरूलाई बेला बेला सुनाउथें ।

शिला र निला दुवै  भित्री शहरमा बस्छन् ।

त्यो पनि भाडामा, कोरेसाबारी त के, गमला राख्ने ठाउँ पनि छैन । बिरूवाको लागि चाहिने घामको के कुरा गर्नु र ! मानिसको लागि चाहिने घाम पानी पनि भेटिन्न् । अव्यवस्थापन हेर्दा शहरै छोडौं जस्तो लाग्छ तर बाध्यताले बस्नु परेको कुरा आमा गरिरहन्छिन् ।

जीवन भर हरियाली र चराचुरुङ्गीसगँ हाँस्ने, खेल्ने र रमाउने शिलाकी आमा शहर बसेपछि निराश, बिर्सने र टोलाउने भएकी थिइन ।

निलाकी आमाले मन बहलाउन डुलाउनेले ल्याएका पिजडा र ससाना  चराहरू  पनि किनेर ल्याउथिन ।  तर ती चराहरूले  गाँउको जस्तो गरि चारो खाने, खेल्ने गर्दैन’थे ।

हिजो बजारतिर गएकी निलाकी आमाले पिजडामा चरा ल्याएको देखेर  शिलाकी आमाले भनिन्, ‘निसा फेरि ल्याइछ्यौ नि चरा ! तिमीलाई मन बुझाउनै गाह्रो  भो बा !  गाँउमा चराचुरुङ्गीसँग खेल्ने बानीले यो शहरमा तिमी एक्लि भयौ नि ।
हेर, तिम्रो मनको सन्तोषको लागि यो चरा त ल्यायौ, यो कहाँको चरा हो ? कसरी यहाँ ल्याए थाहा छ र ?  यसरी चरा बिक्री गर्ने कुरा कानुनी हो कि गैर कानुनी तिमीलाई थाहा छ त ? ´´

‘हामी धेरैले यस्ता नियम कानुनको बारेमा  बुझ्दैनौ । नबुझि नबुझि गरेका कतिपय कामहरू गैरकानुनी हुदा रहेछन ।’

‘हिजो मात्रै मैले अखवारमा  एउटा लेख पढेकी थिएँ । शिर्षक नै चराहरूको अवैध किनवेच  बढेको भन्ने थियो ।’ विशेष  गरेर वर्षा याममा नेपालको सिमसार क्षेत्रमा विभिन्न जातका  चराहरू  बच्चा कोरल्नका लागि नेपाल आउँदा  रहेछन् । त्यो पढी रहदा  मैले तिमीलाई सम्झें ।

अनि निला र शिलाको कोसी सिमसार क्षेत्र घुम्न जाने कुरा पनि सम्झेँ ।

शिलाकी आमाको कुरा सुनेर निसा झस्याङै भइन्  र हतारिदै सोधिन् , ‘किन र दिदी ? हामीले त यो पिजडासँगै चरा पनि  किनेर ल्याएको हो नि ! त्यतिकै ल्याएको भए पो गैरकानुनी हुन्छ त हैन र ! ल्याउनु हुन्न रहेछ र ?’ सासै नरोकी  निसाले प्रश्न गरिन ।

शिलाले चियाको किस्ती सहित ढोका खोली  र भनी , ‘हजुरहरूले यतिका बेर सम्म के कुरा गरेको ? हामीलाई हिड्न हतार भएको कुरा ख्यालै नराखि, ल अब चिया खाऔं  !’

शिला र निला पनि किस्तीमा चिया लिएर सगै बस्न आए । कुर्सिमा बस्दै , ‘अब हामी पनि हजुरहरूका कुरा एकछिन त सुन्ने नै हो । अनि हिड्ने तयारी गरौला  ।’ भने ।

हतारिएका केटीहरू पनि कुरा सुन्न मख्ख परेको देखेर शिलाकी आमा छक्क परिन् ।

शिलाकी आमा एकछिन टोलाएर आफुले मान्दै आएको धर्म, संस्कार, परम्परा र प्रचलनहरू सम्झिन ।

शिवको बहान साँढे, पार्वतीको सिंह, गणेशको मुसो, कुमारको मयुर अनि शिवका जट्टामा सर्प र गंगा, हे इश्वर !  कसरी मिलेका थिए होलान ? शिवले त्यो समयमा साँढे, सर्प, सिंह, मुसो, मयुर घरैमा राख्दा, माला लगाउदा त पशुपन्छीको कानुन बनेको थिएन होला । भन्ने लाग्यो ।

झसङ्ग हुँदै यता फर्किन शिलाकी आमा र निसालाई एक टकले हेरिरहिन् । निसाले पिजडा र  चरा किनेर  ल्याउदा उनिमा आएको परिवर्तन र चेहेरामा चढेको रङ्ग र सन्तुष्टि हेरि रहिन । आफै तीनछक परिन् ।

त्यो खुसि अब फेरि निसाको जीवनमा आउन्न जस्तो लाग्यो । पतिको कमाइ, खानपान, घुमफिर, सन्तानको सुख सबै हुदा पनि निसा रमाउन नसकेको कुरा अरूले थाहा पाउन निकै जिम्मेवार छन, कमाइ पनि ठिकै छ । परिवारमा मेलमिलाप पनि छ । छोराछोरी दुवैको राम्रै पढाइ छ । समाजमा स्थान पनि छ । तर पनि काठमाडौंको बसाइमा निसाको चेहेरामा खुसी देखिएको थिएन । आज चडेको खुसीको रस सदा रहोस् भन्दै मनमनै कामना पनि गरिन्। अनि पिजडा र चरा बेच्नेलाई धन्यवाद दिइन् ।

चराचुरुङ्गी, वनस्पति, पशु र मानवको सम्बन्धको बारेमा सम्झिन । आदीम  सभ्यताले सिकाएको  वातावरण, मानिस र चराचर जीवको सम्बन्धका बारेमा सोचिन ।

यी  सब सम्झदा निसाले पिँजडा र चरा किनेर ल्याएको कुरा गैरकानुनी हुनु नपर्ने जस्तो लाग्यो । तर अहिलेको कानुनले व्यवस्था गरेको कुरालाई सबैले मान्नु नै पर्ने हुन्छ । अखवारमा लेखिएका कुरा बेठिक थिएनन्, आफूलाई  आफैंले सम्झाइन ।

हामीले नै वन जङ्गलबाट दाउरा, घाँस, घर बनाउन  काठ,  फर्निचर लगायतका काममा अधिक प्रयोग गर्यौ । वनको विनाशले वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान विनाश भयो ।

वन्यजन्तु र चराचुरुङ्गी सहित वनको विनाशले अतिवृष्टि, अनावृस्टि, खण्डवृष्टि हुन थाल्यो । महिनौंको खडेरीले कृषिजन्य भुमि बाँझो बन्ने अवस्था बढ्दै छ । वनकै विनाशको कारण वातावरण बिग्रदो छ । पृथ्वीमा तापक्रम बढ्दो छ । यस्तैगरि तापक्रम बढ्यो भने हामी कसरी टिक्ने होला !

कृषकहरूले उत्पादन गर्न नसक्दा देशमा अनाजको अभाव हुन्छ । यस्तो कुराले महगी बढ्छ, गरीब र धनीबीच दरार पैदा हुन्छ । अभाव र अनिकालले जनजीवन अस्तव्यस्त हुन्छ ।

शिलाकी आमाका यति धेरै बेलिविस्तारले शिला र निला दुवै अवाक् भए ।

निसाले हाँस्तै भनिन्, ‘हैन आज हजुरले यतिका कुरा किन गर्नु भएको ?  मैले ल्याएको पिजडा र चरा देखेरै हो त ?’

शिलाकी आमाले भनिन, ‘हो निसा । अस्ति मैले पढेको अखवारमा चराहरूको गैरकानुनी ओसारपसारको बारेमा पनि लेखेको थियो । त्यो लेख पढेपछि म  अलमल्ल नै परेकी छु । यस्तो गैरकानुनी काम गर्नेलाई त जेल सजाय सम्म हुने व्यवस्था रहेछ नि ।’

‘पृथ्वीका चराचुरुङ्गी, जीव, किटपतङ्ग,  वनस्पति सबैको उपयोग या भोग मानिसले अधिक गरेको कारण नै  यस्ता कानुन बनाउन परेको हो ।’  हेर त, यो शहरमा कङ्क्रिड र छडको जङ्ल बाहेक अरू देख्न पाइन्छ  र ? यस्तो वनमा कसरी बस्नु यी चराले ? ‘

‘यो तिमीले ल्याएको चरा पनि त्यो मान्छेले किन समातेको र  किन बेचेको होला ? यो कुन जातको चरा हो ? तिमीलाई थाहा छ ? भन त निसा ।’

‘यस्तो काम गर्न निषेध गर्नु पर्ने र बेचविखनको विषयमा अनुमती नदिने व्यवस्था गर्न पर्ने, निषेध कानुन बनाउनु पर्ने हैन र ? ´´

निसा पनि कुरा सुनेर छक्क परिन् । चरा किनेर ल्याएकोमा पश्चात् पनि भयो ।  निसाले शिला र निला दुवैलाई भनिन्, \हेर छोरीहरू !  राम्रो लाग्यो भनेर घुम्न गएको ठाउँबाट कुनै चरा नल्याएस है ।  मैले त ल्याईहाले, तिमीहरूले गल्ति नदोहोर्‍याउनु है ।

शिला र निला कोशी सिमसार क्षेत्रको यात्राको लागि तयारी गर्न भित्र पसे ।
‘ए हतार पो भएछ !’  भन्दै शिलाकी आमा झोला बोकेर किनमेल गर्न निस्कीइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank