इराकको टिगरिस नदीमा डुङ्गा डुब्दा ९२ जनाको मृत्यु 

शुक्रबार, चैत्र ८, २०७५



मोसुल । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा बिहीबार एक डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको उल्लेख गरेको  छ ।

मोसुलको पर्यटक व्यापारीक केन्द्र तर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको डुङ्गा दुर्घटनामा परेको हो । फारसी  नयाँ बर्ष ‘ नौरुज’ तथा अरबी ‘मदर्श डे’ मनाइरहेका बेला टिगरिस नदीमा सो दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

201191145518576734_20

“नागरिक सुरक्षा समूहले अहिले सम्म ९२ जनाको शव भेटाएको छ, अरु उद्धार तथा खोजी कार्य जारी छ,” मोसुलका  मेयर जुहेर अल-आराजीले बताए ।

d0b57d032c764be0a1cc09d6e412174c_18

डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्ड ‘उम्म अल-रबेइन’ तर्फ जाँदै गरेका मानिसहरु कसैलाई पनि पौडिन आउदैनथ्यो । यद्यपि अधिकारीहरुले नदीमा पानीको बहाव बढेको भन्दै पहिल्यै चेतावनी दिएका थिए । अधिकारीहरुका अनुसार मोसुल बाँधको ढोका खोलिदिएका कारण जलस्तर बढेको अवस्थामा डुङ्गा दुर्घटनामा परेको हो ।

bag101-321_2019_223707

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata