जब यात्रु विमान रनवेबाट नउडेर सडकमा गुड्न थाल्यो..

सोमवार, माघ १३, २०७६



एजेन्सी  ।  १३५ जना यात्रु बोकेको इरानी विमान रनवेबाट चिप्लिएर रोडतर्फ  कुदेको छ  । विमान पांग्रासहित सडकमा पछाडि हटेर कुदेको बताइएको छ । यद्दपी कसैलाई चोट भने लागेको छैन ।

सोमबार इरानी शहर महशहरमा घटनास्थलका तस्विर र भिडियोहरूले क्यासपियन एयरलाइन्सको विमान सडकको बीचमा देखिएको छ, जसमा विमान ब्याक अप भएको छ देखिन्छ ।

The flight was arriving in Mahshahr from Tehran on Monday.

फायर फाइटरले तुरुन्तै पानी छर्कीएका कारण आगलागीजन्य घटना पनि नभएको बताइएको छ  ।

क्यासपियन एयरलाइन्सको ६९३६ नम्बरको विमान सोमबार इरानको राजधानीको तेहरानबाट दक्षिणपश्चिममा रहेको महशहर एयरपोर्टमा उडान गर्ने क्रममा थियो, तब विमान  महाशहर-ए-अहवाज राजमार्गमा चिप्लिएको बताइएको छ ।

A Caspian Airlines jet sits on a highway in Iran's Mahshahr on January 27, 2020.

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments