एक लाख ६० हजार वर्ष पुरानो तल्लो बङ्गारा भेटियो, शेर्पा जातीको वंशज हुनसक्ने अनुमान

शुक्रबार, बैशाख २०, २०७६



तिब्बत । गान्सु प्रान्त अन्तर्गत तिब्बती पठारको बैशिया कार्स्ट गुफामा एक लाख ६० हजार वर्ष पुरानो मानव  ‘ज बोन(jawbone)’ भेटीएको छ । रहस्यमय प्राचीन प्रजातिको उपस्थिति र जीवनशैलीको बारेमा नयाँ विवरण प्रसारण गर्दै आएको जीव विकास विभाग(डी.एच. इ)ले डेनिसोभान्स(Denisovans) प्रजाति अन्तरगतको एक लाख ६० हजार  वर्ष पुरानो जिवांश, शक्तिशाली तल्लो बङ्गारा भेटाएको हो  ।

जिवानाकुल वातावरण नहुँदा पनि उच्चतम तापक्रममा प्रजनन क्षमता राख्न सक्षम त्यस प्रजाति पृथ्वीमा करिब ४० लाख वर्ष देखि ४० हजार वर्ष अघिसम्म जीवित रहेका नीन्डरथलहरु प्रजाती(जसलाई डेनिसोभान्स प्रजाती भन्ने गरिन्छ)  नै रहेको  डीएचइले बताएको छ ।

A picture released on Wednesday showing the opening of the Baishiya Karst Cave, where a 160,000 year-old fossil jawbone was discovered.

A picture released on Wednesday showing the opening of the Baishiya Karst Cave, where a 160,000 year-old fossil jawbone was discovered.

कार्स्ट गुफा उद्घाटन गर्दै बुधबार उक्त बङ्गाराको एक तस्बिर सार्वजनिक गरेको डीएचइले आधुनिक मानवजगतमा उच्च हिमाली क्षेत्रमा रहने शेर्पा जातीको वंशज हुनसक्ने अनुमान लगाएको छ ।

म्याक्स प्ल्यांक इन्स्टीट्यूट फर इभोलोस्नारी एन्थ्रोपोलोजीमा कार्यरत जीएन जाक्युज् हुब्लिन अकल्पनीय खोज रहेको बताउँछन्  । “मलाई लाग्दैन थियो कि यति पुरातन मानव जातीको जिवांश यस्तो वातवरणमा रहन सक्दछ ।”

“यस चट्टानको तापमान आजको जस्तो थिएन, आजको  भन्दा निकै कष्टप्रदायक तापमान थियो । त्यसबेला तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म पुग्ने गर्थ्यो ।” हुब्लिन अझ थप्छन्, “यदि कसैलाई आजको वातावरण कष्टप्रदायक लाग्छ भने मेरो सुझाव छ, त्यसबेलाको वातावरण कत्तिको चुनौतीपूर्ण थियो होला ?”

उक्त प्राचीन बङ्गाराको डीएनए निकाल्न सक्षम रहेका हुब्लिनका टोलीले आजको वर्तमान दिनको  युरोप र एशियाको, मानिसहरुसँग तुलाना गर्दै भनेको छ, ” उच्च ठाउँमा, कमजोर अक्सिजनसहित कसरी यो पुर्खा बाच्न सक्यो । हामीले केहि सिक्नुपर्छ ।”

प्राकृतिक एतिहासिक संग्रहालयका  मानव विकास अनुसन्धानको प्रमुख प्रोफेसर क्रिस स्ट्रिंगर(जो यस अनुसन्धानमा सामेल  थिएनन्), उनले यस खोजलाई ल्याण्डमार्क पेपरको रुपमा वर्णन गरेका साउथ चाइना मर्निंङ् पोस्टले लेखेको छ 

यस्तै सन् १९८० मा पनि सोहि गुफामा एक भिक्षुले ‘ज-बोन’ भेटेका थिए । जसलाई बौद्द धर्मावलम्बीहरुले ‘जीवीत बुद्द’ नामाकरण गरेको थिए ।

 found in 1980 in the Baishiya Karst Cave in China’s Gansu province of China.

Found in 1980 in the Baishiya Karst Cave in China’s Gansu province of China.

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata