“आमा” तपाइ कति महान् !

बिहिबार, बैशाख ११, २०७७



दश उपाध्यायहरू भन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् भनेर हाम्रा धर्मशास्त्रहरूले भन्दै र मान्दै आएका छन्। वैदिक कालका “आमा” हरूको सन्दर्भमा विस्तृत प्रकाश पार्न छुट्टै लेखको आवश्यकता पर्दछ। तर यो लेखमा “आमा” को गरिमामय उच्च स्थानको सङ्केत मात्र गर्न खोजिएको छ।

सर्वप्रथम “आमा” शब्दको छोटो परिचय दिनु असान्दर्भिक हुने छैन। “आमा” भन्ने बित्तिकै आमाको अर्थ नबुझ्ने नेपाली पाउन गाह्रो छ। तर पनि “आमा” लाई संस्कृत भाषामा “माता” भने जस्तै हाम्रा नेपाली विभिन्न भाषाभाषीले फरक फरक नामबाट पहिचान पनि गर्दछन्। तथापि “आमा” भनेपछि हामी नेपालीको साझा सम्पर्क भाषा नै नेपाली भएकोले “आमा” शब्द नबुझ्ने नेपाली छैनन् भन्न सकिन्छ।
आमाको सन्दर्भमा भन्नुपर्दा “माता” भनेर संस्कृत भाषामा “म” बाट सुरु भए जस्तै अङ्ग्रेजीमा पनि मदर भनेर “म” बाटै सुरु हुन्छ। त्यस्तै “मम्मी” भनेर पनि “म” बाटै हुन्छ। अन्य धेरै भाषामा “म” कै अक्षरबाट जस्तै हिन्दीमा “मा“” नै भन्ने प्रशस्त चलन चल्ती छ। यसरी “आमा” भन्ने शब्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय सम्माननीय छ। गरिमा भनेको गौरव तथा महत्त्व हो।

आमा हुनु पूर्व छोरीको रूपमा जन्म लिन्छिन्। छोरीको रूपमा रहँदा बस्दा “आमा” कै काखमा बसेर बुवासँगको लाड प्यारमा असीमित माया ममताभित्र आदर सम्मान प्रदान गर्दै दाजुभाइको समेत स्नेह र प्रेमको वातावरणमा रहेर बाबु आमाको साथमा हुर्कर्दै र मौलाउँदै व्यवहारिक शिक्षा ग्रहण गर्दछिन्। यो अवस्था भनेको १४र१५ वर्षसम्मको उमेर हुन्छ। यो अवधिमा २ अवस्था पार गर्दा छोरी र दिदीबहिनी को कार्यभार एवं कर्तव्यलाई निभाएकी हुन्छिन्। “घर नै पाठशाला हो” भन्ने भनाई साकार पार्दै आफ्नो घरमा पनि अनुशासन एवं कर्तव्य पालनाको पाठ सिकेकी हुन्छिन्। साथै स्कुल तथा क्याम्पसको पढाइ पनि अहिलेका छोरीहरू व्यस्त रहेका हुन्छन्। अनि क्याम्पसमा पनि छात्र, छात्रा प्रतिस्पर्धामा परेका हुन्छन्।

आफ्नो २०र२२ वर्षे नौ जवानीको यात्रा सुरु हुँदा वैवाहिक सम्बन्धको चर्चा परिचर्चाले सताउन थाल्दछ। यो उमेर अति नै चञ्चल एवं तनावग्रस्त पनि हुन्छन्। छोरीको यो उमेरमा बाबु आमा पनि त्यति नै चिन्तित हुन पुग्दछन्। हाम्रो समाजले प्रेम विवाहलाई अझै मान्यता प्रदान गरेको छैन। तर पश्चिमी समाजमा भने त्यहाँको विकसित सभ्यताले भनौँ अथवा ऐन कानुनले पनि युवा युवतीको उमेर पुगेपछि बाबु आमा सँग पनि सँगै नबस्ने छुट प्रदान गरी सकेका हुनाले प्रेम विवाहलाई नै स्वीकारेका छन्। तथापि ती मुलुकमा पनि युवा युवतीमा पूर्ण सन्तोष भने देखिएको छैन। किनभने प्रेम विवाहमा पनि पटक(पटक छोड पत्र द्वारा सम्बन्धहरू फेरबदल भई रहेको छ। यस्तो पारिवारिक जीवन पूर्ण सन्तोषमा हुन्छ भन्न सकिँदैन। तर पनि यो अन्य देशको कुरा आफ्नै ठाउँमा। हाम्रो देशमा भर्खर भर्खर सहरिया जीवनमा प्रवेश गरेर केही शिक्षा हासिल गरेका युवा युवतीमा प्रेम विवाहको सुरुवात भए पनि नेपाली समाजले पूर्ण रूपमा स्वीकार गरी सकेको छ भन्न सकिँदैन। तर यो लेखको विषय यो हैन। तथापि सन्दर्भले गर्दा यो कुरा उठेको मात्र हो।

यसको सन्दर्भ नै “आमा” हो र आमाको विषयमा लेख्नु पनि सजिलो छैन। “आमा” शब्दले संसार भरिकै आमाको कुरा आउँछ र आमाको गरिमामा यो संसार ज्यादै विशाल एवं विस्तृत छ। आमाको कार्यक्षेत्र जति विशाल र विस्तृत छ त्यति नै महत्त्वपूर्ण र त्यति नै उच्च छ।
वास्तविकता भन्ने हो भने आमा सगरमाथा भन्दा अग्ली छन्। पृथ्वी भन्दा महान् र विशाल छन्। समुन्द्र भन्दा गहिरी छन्। आमा ईश्वरकी पनि आमा हुन्। आमा मायाको पोको हुन्। हृदयकी खानी हुन्। धैर्यताकी प्रतिमूर्ति हुन्। सहनशीलताकी पनि खानी हुन्। आमाको महिमा जति गाए पनि पुग्दैन किनभने आमाको उपमा नै छैन। त्यसैले फ्रान्सका राष्ट्रपति बोनापार्टले भनेका थिए( “मलाई असल आमा देऊ, असल आमाबाटै असल नागरिक हुन्छन्”। आमाको महिमा हरेक राष्ट्र र देशको अभिमतमा पनि महत्त्वपूर्ण भनाइहरू पाइन्छन्। तर आमा पनि आमा हुनुपर्छ र असल आमाबाट आमाका कर्तव्य तथा दायित्व पूरा हुन्छन्। अनि उनी सम्माननीय पूज्य एवं गौरवपूर्ण उच्च स्थानमा रहन्छिन्।

“आमा” को क्षेत्राधिकार विशाल एवं विराट छ, तर त्यसमध्ये बच्चा गर्भमा बसेदेखि बच्चाको करिब ९ महिनासम्मको जीवनको प्रतिरक्षात्मक क्रियाकलापदेखि उक्त अवधिमा बच्चामा पर्ने प्रभाव तथा प्रावधानको जिम्मा आमामा नै निहित रहन्छ जो अति नै महत्त्वपूर्ण र संवेदनशील हुन्छ। किनभने हाम्रा धर्मशास्त्रअनुसार भन्ने हो भने बच्चाले आमाको गर्भमा छँदा पनि शिक्षा ग्रहण गर्दछन्। उदाहरणका लागि महाभारतमा अर्जुनको छोरा अभिमन्युले आमाको गर्भमा छँदा शिक्षा ग्रहण गरेका थिए। हाम्रा आध्यात्मिक ऋषिहरू मध्येका महान् ऋषि अष्ट वक्रले पनि आमाको गर्भमा छँदा शिक्षा ग्रहण गर्नु भएको हो भन्ने ग्रन्थहरूमा उल्लेख छ। त्यस्तै वामदेव ऋषिले पनि आमाको गर्भमा नै रहँदा सबै देवहरूको सबै जन्मको क्रम जानेका थिए भनिएको छ। आमाले बच्चा गर्भमा भएको बेला असल आचरण गर्ने र धर्म ग्रन्थहरू पढ्ने र सुन्ने गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सांस्कृतिक परम्परा छ तथापि बच्चा पेटमा छँदाएका दुःख दर्दको पीडा भने आमालाई मात्र हुन्छ। त्यो मर्म वेदना हामी पुरुष जातिलाई अवश्य हुँदैन भन्ने मेरो धारणा छ।

यसै सिलसिलामा “आमा” को गौरवपूर्ण सम्मान एवं महत्त्वलाई दिगो राख्नका लागि हाम्रो देशमा छोरा छोरीले “आमाको मुख हेर्ने” भनी वैशाखको औँसीमा आमालाई फलफूल एवं मिठाई र उपहार समेत प्रदान गरेर आदरपूर्वक सम्मान र माया प्रेमले आलिड्डन गरी मुख हेर्ने र स्वर्गद्वारी भई सकेकी आमालाई सिधा दान गरी सम्झना गरेर आदर भाव प्रकट गर्ने परम्परा चली आएको छ। त्यस्तै विश्वका हरेक राष्ट्रमा आ(आफ्नै तरिकाबाट “आमा” प्रतिको गरिमालाई महत्त्व प्रदान गरिएको छ। अमेरिकामा पनि “मदर्स डे” भनेर ज्यादै महत्त्वपूर्ण तरिकाले ठुला(ठुला साहु महाजनहरूले त्यस दिन आफ्नो व्यापारका सामानहरूमा आधा मोल घटाएर बिक्री गरी र मिठाई बा“डेर मान्ने चलन पनि छ। यै दिनलाई “अन्तर्राष्ट्रिय मातृ दिवस” का रूपमा मनाउन अमेरिकाकै सुश्री अन्ना मेरीले कडा परिश्रम गरेर “मेको दोस्रो आइतबारका दिन” आमाहरूको सम्झनामा “मदर्स डे” मनाउने परम्परा विश्वमा नै चलाएर र सुश्री अन्ना अमर बनेकी छन्।

अतः “आमा” को गरिमामय सन्दर्भमा प्रकाश पार्दा हाम्रा धर्म ग्रन्थहरूको चर्चालाई केही उठान नगर्दा पनि अधुरो हुने कुरा स्वतः सिद्ध छ। किनभने हाम्रो आध्यात्मिक ग्रन्थ जस्तै रामायणमा पनि रामचन्द्र भगवानले भाइ लक्ष्मणसँग भन्नु हुन्छ “अपि स्वर्ण यी लंका न मे लक्ष्मण रोचते। जननी जन्मभूमि स्वर्गादपि गरियसी।।” अर्थात् हे ∕ लक्ष्मण सुनैसुनले भरिएको भए पनि मलाई लड्ढा राज्य चाहिँदैन। जन्म दिने आमा र मातृभूमि स्वर्गभन्दा पनि ठुला छन्। भनेर “आमा” लाई ज्यादै नै महत्त्व प्रदान गरिएको छ। साथै जन्मभूमिको पनि कदर गरिएको छ। आफू जन्मेको भूमि मानै “आमा” को खानपिन हुन्छ, जहाँ आफ्नो बाल्यकाल बितेको हुन्छ। यस्ता ग्रन्थहरू खोतल्ने हो भने हाम्रा हिन्दु ग्रन्थहरू धेरै भेटिन्छन्।

सबै धर्मले आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानेका छन्। आमाको पैतालामुनि स्वर्ग हुन्छ भन्ने विश्वास गरिने इस्लाम धर्ममा आमाबाबुका सामु उँचो स्वर गर्न पाइन्न। आमाबुबालाई भगवान् र पहिलो गुरु मान्ने बुद्ध धर्ममा उनीहरूको पूजा–सेवा गर्ने सन्तान कहिल्यै निन्दित नहुने विश्वास गरिन्छ। यसै गरी, हिन्दु धर्म भन्छ― आमा जस्तो अरू कुनै तीर्थ छैन, उनको पूजा गर्नेको इहलोक र परलोक सुध्रन्छ।

बच्चा जन्माउनेदेखि हुर्काउने–बढाउनेमा मुख्य भूमिका आमाकै हुने भएकाले सन्तानको आत्मीयता बाबुसँग भन्दा बढी आमासँगै हुन्छ। सन्तानप्रति आमाको आत्मिक सम्बन्ध गर्भकालदेखि नै विकास भएको हुन्छ। आमाको यही लगाव सन्तानको शिक्षा र संस्कारको पनि जग बन्छ। कतै ठेस लाग्दा मुखबाट अनायासमा आमा नै आउँछ। आमाले अनेक कष्ट व्यहोर्दै नौ महिना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन् कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन् आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्सिन्छ आफ्नो ज्यानको प्रवाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन्। यही कारण आमालाई जगत् जननी भनिन्छ। मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ। त्यसैले “महान् सन्त होस् या खुँखार बदमास, सन्तान आमाको सामु नतमस्तक हुन्छ।

आमा, तपाईँ कति महान्। संसारभर रहनु भएका हरेक आमाहरूलाई मिठो सम्झना ! तपाईँ जीवित भगवान् हो ।

लेखक- खनिया सामाजिक अभीयान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments