अमिताभ बच्चन तीन देखि अस्पतालमा

शुक्रबार, कार्तिक १, २०७६



एजेन्सी  ।  यसै सातामात्रै आफ्नो ७७ औं जन्मदिन मनाएका बलियुड सुपरस्टार अमिताभ बच्चन पछिल्लो ३ दिनदेखि अस्पतालमा छन् । कलेजोमा समस्या देखिएपछि उनलाई जुहुस्थित नानावती  अस्पताल भर्ना गरिएको हो ।

अमिताभ आफैंले धेरैपटक भनिसकेका छन् कि उनको कलेजोको २५ प्रतिशतले मात्रै काम गरिरहेको छ । तर ३ दिनको अस्पताल भर्नासँगै अहिले उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको बताइएको छ ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा अलि बढी नै समस्या देखिन थालेसँगै उनलाई मंगलबार २ बजेतिर अस्पताल लगिएको थियो । अहिले पनि उनको अस्पतालमै उपचार भैरहेको छ ।

अस्पतालमा अमिताभको एक विशेष कोठामा राखेर उपचार भैरहेको छ ।  प्रायः बलिउड कलाकारलाई यसको जानकारी पनि दिइएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata