अमेरिकामा ८ जना बालबालिका जलेर मरे

सोमवार, भदौ ११, २०७५



सिकाको । रोजारियो वर्गारा आईतबार सुर भएको पारिवारीक पुर्नमिलनबाट घर फर्कदै थिर्इन् ।  रातकाे समयमा साथमा रहेकी उनको छोरीले छिमेकीकाे घरमा धेरै मात्रामा धुँवाको मुस्लो देखिन् ।

वर्गारा भन्छिन् त्यहाँ धेरै धुँवा थियो र अवस्था अत्यन्तै खराव थियो । अकस्मात निस्केको आगोको मुस्लोले ८ केटाकेटीको जीवन समाप्त गरिदियो । तीन महिनादेखी १६ वर्ष सम्मका ती बच्चाहरु सबै आगोको सिकार बन्न पुगे । मात्र दुई जना केटाहरु स्ट्रोगोर अस्पताल पुग्न सफल भए । बताईए अनु्सार उनीहरुको अवस्था गम्भीर रहेको छ ।

सिकागाे फायर मिडिया अफिस र सिकागाे प्रहरीका अनुसार दक्षिण साक्रोमेन्टो गाउँमा रहेको एबेन्यु २२ सय ब्लकमा विहान ४ बजे आगलागी भएको थियो । अधिकारीको भनाई अनुसार दोस्रो तलामा बस्नेहरु सबै मारिए । जहाँ जडान गरिएका धुँवा डिटेक्टरहरु कुनै काम गर्ने अवस्थामा भेटिएनन् । अनुसन्धानको लागि एक स्रोतले सन् टाइम्सलाई बताए अनुसार आगलागी भएको तलामा धुम्रपान गर्ने सामाग्री र रकेटका बोतलहरु फेला परेका थिए ।

बचावट कार्यका निम्ती पुगेका अधिकारीहरुले नजिकको घरहरुमा भने क्षती हुन दिएनन् । घटना पश्चात विहानीमा सोही स्थान बस्ने छिमेकी जोसे कोबोसले मैन बत्ती बाल्दै मृतकहरुको आत्माको शान्तिको कामना गरे । कोवोसले परमेश्वरसँग अनुरोध गरे, परमेश्वर उनीहरुलाई स्वर्ग लैजानुहोस ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata