जनतामा राष्ट्रियता नदेख्ने , ढुङ्गामा राष्ट्रियता देख्ने यो कस्तो राष्ट्रियता हो ?: सांसद सिंह

सोमवार, बैशाख २९, २०७७



काठमाडाैं । सांसद डा. अमरेस कुमार सिंहले विदेशमा अलपत्र परेका नागरिकहरूकाे तत्काल उद्दार गर्नु पर्ने माग गरेका छन । प्रतिनिति सभाकाे साेमबारकाे सभाकाे शुन्य समयमा बाेल्दै डा. सिंहले नेपाल भारत सिमाना अलपत्र परेका नेपालीहरूलाई सरकारले अविलम्ब फिर्ता ल्याउन माग गरेका हुन् ।

सांसद सिंहले नेपाल भारत सीमामा अलपत्र नागरिकहरू अलपत्र परेकाे बताउँदै  उनीहरूले खान बस्न नपाएकाे बताए । उनले भने,  सरकार जहिले पनि भन्छ, उनीहरूको लागि सम्बन्धित देशमा व्यवस्था गर्छौ । आफ्नो देशको मान्छेको व्यवस्था गर्ने जिम्मा त नेपाल सरकारको हो । त्यो नेपालको नागरिक हो कि हैन ?यहाँ जनतामा राष्ट्रियता नदेख्ने , ढुङ्गामा राष्ट्रियता देख्ने यो कस्तो राष्ट्रियता हो। त्यस कारण नेपाली विश्वको जुनसुकै कुनामा होस । नेपालमा ल्याउने व्यवस्था र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियोस् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments