अमेरिकी ड्रोन आक्रमणमा परि अलकायदाका पाँच सदस्यको मृत्यू

आइतवार, बैशाख १७, २०७४



काठमाडौं । यमनको मध्यभागमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा परी आतंकवादी समूह अल कायदाका पाँच सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरू तथा एक सुरक्षा अधिकारीले बताएका छन् ।

स्थानीय न्युज वेबसाइट यमन अजेलले ड्रोनबाट स्थानीय समयअनुसार आइतवार दिउँसो साढे १२ बजे गरिएको आक्रमणले एक कारलाई लक्षित गरेको थियो । कारमा हतियारहरू राखी मरिब प्रान्त पु–याइँदै थियो ।

नाम नखुलाउने शर्तमा एक सैन्य अधिकारीले एएफपी समाचार संस्थालाई बताएअनुसार कार अल कायदाका एक स्थानीय नेताको हो । दक्षिणी शबवा प्रान्तमा अल कायदाका तीन लडाकुलाई हत्या गरेको २४ घण्टामा यो आक्रमण भएको हो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले ड्रोन आक्रमण बढाउँदै लगेको छ । फेब्रुअरी २८ पछि ७० वटा आक्रमण भइसकेका छन् । यमनमा सरकार र हुथी विद्रोहीहरू बीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ र यसैले निम्त्याएको अस्थिरताको फाइदा उठाउँदै अल कायदाले आफ्ना कारवाहीहरू चलाइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank