दोस्रो विश्व युद्ध बेलाको बंकरभित्र मृत भेटिइन अमेरिकी वैज्ञानिक

बिहिबार, असार २६, २०७६



एजेन्सी । एक जना अमेरिकी वैज्ञानिकको शव दोस्रो विश्व युद्ध  बेलाको बंकरमा गृक प्रायदीपस्थित क्रेटेमा फेला परेको छ । सुजान इटन नामक सो वैज्ञानिक एक सातादेखि हराइरहेकी थिइन् । उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५९ वर्षिया उनी विश्वकै चर्चित जर्मनीस्थित म्याक्स प्लान्क इन्स्टिच्युटका मोलिकुलर बायोलोजिस्ट हुन् । उनी एउटा सम्मेलनमा भाग लिन सो प्रायदीपमा गएकी थिइन् ।  उनी अन्तिम समयमा देखिएको भन्दा १० किमी टाढा एउटा बंकर भित्र भेटिएकी हुन् ।

उनी जुलाई २ देखि हराएकी थिइन् । उनी हराएपछि परिवार तथा साथीहरुले उनको बारेमा सूचना दिनेलाई ५० हजार युरो इनाम दिने घोषणा समेत गरेका थिए । विवाहित सुजानका दुई छोरापनि रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata