अमेरिकी पोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई ट्रम्पबारे नबोल्न धम्की

सोमवार, चैत्र १२, २०७४



काठमाडौं । अमेरिकी वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यानियल्सले उनलाई सन् २००६ मा डोनल्ड ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुपचाप रहन भनिएको बताएकी छिन् ।

वास्तविक नाम स्टेफेनी क्लिफोर्ड रहेको ती अभिनेत्री नायिकाले अमेरिकी टेलिभिजन सीबीएस न्यूजलाई बताएअनुसार सन् २०११ मा लास भेगसको एक कार पार्किङ क्षेत्रमा एक पुरूषले ट्रम्पसँगको सम्बन्धबारे चुप रहन भनेका थिए।

उनका अनुसार ती पुरूषले ‘ट्रम्पलाई एक्लै छोडिदिनु’ भन्दै उनको छोरी भएतिर हेर्दै भनेका थिए, ‘यिनकी आमालाई केही भइहाल्यो भने त्यो लाजमर्दो हुनेछ।’ तर ट्रम्पले ती अभिनेत्रीसँग कुनै सम्बन्ध भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।

ट्रम्पका वकीलहरूले चाहिँ ती अभिनेत्रीले सन् २०१६ को राष्ट्रपतीय चुनावअघि भएको सबै कुरा गोप्य राख्नेबारेको एक सहमति भङ्ग गरेबापत ड्यानियल्सले २ करोड डलर तिर्नुपर्ने माग गरिरहेका छन्।

ड्यानियसल्स (स्टेफेनी क्लिफोर्ड) का अनुसार ट्रम्पसँग उनको एकपटक यौन सम्पर्क भएको थियो। म शिशु छोरीसँग कार पार्किङ गर्ने ठाउँमा थिएँ। म फिटनेस क्लासमा जाँदै थिए। त्यतिबेला एउटा पुरूष म नजिकै आएर भने ट्रम्पलाई एक्लै छोडिदिनू । त्यो कथा बिर्सिदिनू।

त्यसपछि उनले मेरो छोरीतिर हेर्दै भने मलाई केही भयो भने लाजमर्दो हुनेछ। त्यसपछि उनी गए ।

स्टेफेनी क्लिफोर्ड, स्टोर्मी ड्यानियल्स नामले चिनिने वयस्क अभिनेत्री

ट्रम्पको सन् २००५ मा मेलानिया ट्रम्पसँग बिहे भएको थियो।

आइतवार साँझ प्रसारण हुने ‘सिक्स्टी मिनट शो’ मा बोल्दै उनले एक म्यागाजिनलाई ट्रम्पसँगको सम्बन्धबारेको कथा भन्न जाँदै गर्दा ती पुरुषले चेतावनी दिएका थिए।

पछिल्लो आरोपबारे राष्ट्रपति ट्रम्पले केही बोलेका छैनन्।

सप्ताहअन्तमा ट्रम्प फ्लोरिडास्थित आफ्नो इस्टेट पुगेका थिए र उनी सोमवार वासिङ्टन आउने कार्यक्रम रहेको वासिङ्टन पोस्ट पत्रिकाले जनाएको छ।
बीबीसी

224 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank