अमेरिकी नौसेनाको शिपयार्डमा गोलाबारी

बिहिबार, मंसिर १९, २०७६



एजेन्सी  । अमेरिकी नौसेनाको पर्ल हार्बर शिपयार्डमा हिजो(बुधबार) गोलाबारी भएको छ । दिउँसो साढे २ बजेतिर एक बन्दुकधारीले गोली चलाएका थिए ।

सुरक्षा स्थिति हेर्दै तत्काल शिपयार्ड नै बन्द गरिएको छ । रसिया टुडेका अनुसार अहिलेसम्म घटनामा के कति क्षति भयो भन्ने विवरण आएको छैन ।

पर्ल हार्बर र हिकमको ज्वाइन्छ वेसले ट्वी गर्दै भनेका छन्, ‘सुरक्षाबलले पर्ल हार्बरको नेवल शिपयार्डमा भएको गोलाबारीमा जवाफ दिएका छन् । यस घटना बुधबार करिब साढे दुई बजेतिर भएको हो ।’

सुरक्षालाई मध्यनजर गर्दै शिपयार्डका सबै गेट बन्द गरिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments