युद्ध गर्ने सोचबाट अमेरिका पछि हट्यो, इरानसँग विना शर्त वार्ता गर्न तयार

बिहिबार, पुस २४, २०७६



एजेन्सी । केहि दिन यता अमेरिका र इरानबीच चुलिदै गएको द्धन्द्धमा अमेरिका लचक भएको छ । अमेरिकाले इरानसँग विना शर्त वार्ता गर्न तयार रहेको उल्लेख गरेको छ । इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्यापछि इरानले अमेरिकालाई चेतावनी दिदै उचित समयमा बदला लिने घोषणा गरेको थियो ।

इराकमा सुलेमानीको हत्यापछि बुधबार इराकमा रहेका अमेरिकी सैन्य अखडामा इरानले मिसाइल आक्रमण गरेको थियो । मिसाइल आक्रमणमा परि ८० अमेरिकी  आतंकवादी मारिएको इरानी सरकारी मिडियाले जनाएका थिए । सो घटना पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आक्रमण गरेको पुष्टि गरेपनि कुनै मानविय क्षती नभएको दाबी गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ। इरानले सो हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानकाे कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले वार्ता गर्न तयार रहेको बताएकी छन्। सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ वडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा उल्लेख गरिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments