अमेरिकाको विभिन्न शहरमा आँधी, चार जनाको मृत्यु

शनिबार, बैशाख ७, २०७६



वासिङ्टन । संयुक्तराज्य अमेरिकाकोसिसिपी र अलाबामा राज्यमा बिहिबार आएको आँधीका कारण चार जनाको मृत्यु भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो ।

त्यस्तै अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो ।

बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति पुर्याएको छ । एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata