रुससँग साँठगाँठ गरेको आशंकामा अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा

शुक्रबार, जेष्ठ १२, २०७४



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी ज्वाईं ज्यारेड कुश्नर संघीय जाँच ब्यूरो एफबीआईको अनुसन्धानको घेरामा परेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको सम्बन्धमा एफबीआईले अनुसन्धान गरिरहेको हो ।

यसै क्रममा ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनरसम्म अनुसन्धानको दायरा पुगेको हुन् । कुशनरले ट्रम्पको निर्वाचन अभियानमा गरेका काममाथि अनुसन्धान भइरहेको हो । अनुसन्धानका बारेमा जानकारी दिइएका अमेरिकी अधिकारीहरूका अनुसार त्यसमा तथ्यांक विश्लेषण सञ्चालन, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनसँग उनको सम्बन्ध र कुशनर आफैंको रुसीहरूसँगको सम्बन्ध पनि परेका छन् ।

तर कुशनर अहिले अनुसन्धानको लक्ष्य रहेको कुनै संकेत पाइएको छैन र उनले गलत काम गरेको आरोप पनि लागेको छैन । एफबीआईले कुशनरसँग कुराकानी गर्ने योजना बनाएको कुरा पनि प्रस्ट छैन तर अनुसन्धानकर्ताहरूले अनुसन्धानमा जानकारी दिएर उनले सहयोग गर्ने विश्वास लिएका छन् । कुशनरले ट्रम्पको निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank