अमेरिकामा फ्लुको संक्रमणः ५३ को मृत्यु

आइतवार, माघ २१, २०७४



काठमाडौं । अमेरिकामा सुरु भएको फ्लुको संक्रमण झन् तीब्र भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले फ्लुका कारण गत सातामात्र थप १६ बालबालिकाको मृत्यु भएको जनाएको छ । योसंगै अमेरिकाभर फ्लुबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

सिडीसीको इन्फ्लुयन्जा डिभिजनका निर्देशक डा। डान जेर्निगनले फ्लुको भाइरस अमेरिकाका ४८ राज्यमा फैलिइसकेको बताए । सिडीसीका अनुसार फ्लुका कारण अस्पताल भर्ना हुने दर अहिलेसम्मकै उच्च मानिएको छ । सिडीसीकी कार्यकारी निर्देशक डा। एनी सुच्याटले यस वर्षको फ्लु संक्रमण सन् २००९ को स्वाइन फ्लु महामारीपछिको खराब रहेको बताइन् ।

अस्पतालहरुमा फ्लुका बिरामीको वृद्धिदर ४० प्रतिशत रहेको जनाइएको छ । क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित रहेको छ । गत सातामात्र प्रयोगशाला परीक्षणबाट १७ हजार २४ केस पुष्टि भएको थियो भने यो सिजनमा फ्लुबाट प्रभावित हुनेको संख्या १ लाख २६ हजार १ सय १७ पुगेको छ । हरेक १ लाख मानिसमा ५१.४ जना फ्लुका कारण अस्पताल भर्ना भएको सिडीसीले जनाएको छ । यसअघि २०१४÷१५ मा अमेरिकाभर फ्लुबाट प्रभावित हुनेको संख्या ३२ मिलियन अर्थात् ३ करोड २० लाख थियो ।

एटलान्टाका अस्पतालले गतवर्षको यो सिजनमा भन्दा यसवर्ष २५ प्रतिशत बिरामी बढी भर्ना भएको जनाएका छन् । एटलान्टास्थित ग्राडी मेमोरियल अस्पतालकी इमर्जेन्सी प्रमुख हानी अटल्लाहले इमर्जेन्सीमा हरेक दिन ५ सय बिरामी भर्ना हुने गरेको बताइन् । गत वर्ष यो संख्या दैनिक ४ सय रहने गरेको उनले बताइन् । डेलीमेलबाट

हाँच्छ्यु आउने, खोकी लाग्नेजस्ता समस्या सामान्य रुघा र फ्लु एकैजस्तो भएपनि ज्वरो आउने र जिउ दुख्नेबित्तिकै २४ घण्टाभित्र अस्पताल जान डाक्टरले सल्लाह दिएका छन् । हात धुने, मास्क लगाउने र घरमै आराम गर्नाले भाइरस फैलनबाट कम हुने चिकित्सकको भनाई छ ।

स्वास्थ्य खवरपत्रिकाबाट

339 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank