अमेरिका चीन व्यापार युद्ध ‘सिजफायर’

आइतवार, मंसिर १६, २०७५



अमेरिका । विगत लामो समयदेखी चल्दै आएको अमेरिका चीन व्यापार युद्ध राष्ट्रपति ट्रम्प र सी बीच भएको सघन छलफल पछि स्थगित भएको छ ।
हवाइट हाउसले जनाए अनुसार चीन र अमेरिकाबीच अतिरिक्त ट्यारिफ रोक्ने सहमती भएको छ ।

दुई देशबीच ९० दिन भित्र नयाँ सम्झौतामा पुग्ने लक्षका साथ नयाँ व्यापार वार्तामा सामेल हुने छन् ।  ह्वाइट हाउसले भनेको छ । औधोगिक हस्तान्तरण, बौद्धिक सम्पदा, गैर ट्यारिफ बाधा, साइबर चोरी, कृषि सहित व्यापार मुद्धामा ९० दिन भित्र चीन सँग नयाँ सम्झौता सम्पन्न गरिने छ । दुवै पक्षको सहमतीमा १० देखी २५ प्रतिशत सम्म शुल्क बढाइने छ ।

गत सेक्टेम्बरमा चीनीयाँ सामान माथि ट्रम्प प्रशासनले २०० विलियन सम्मको व्यापारमा १० प्रतिशत अतिरिक्त कर लगाउँदै व्यापार युद्धको सुरुवात गरेकाे थियाे ।

ट्रम्प प्रशासनको अतिरिक्त करको जवाफ दिदैं सी प्रशासनले अमेरिकी प्रशासनलाई कडा चुनौती दिएको थियो । तत्पश्चात ट्रम्पले चिनियाँ सामान आयातमा २६७ अरब डलर माथि नयाँ कर लगाउने धम्की दिएको थियो ।

107 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank