अमेरिका भेनेजुएला माथि आक्रमक, तेल कम्पनी माथि प्रतिबन्ध

मङ्लबार, माघ १५, २०७५



काठमाडौं । अमेरिका भेनेजुएला माथि आक्रमक बनेको छ । अमेरिकारले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी एसए माथि प्रतिबन्ध लगाएको छ । अमेरिकारले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला अहिले आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा पुगेको छ । भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन अमेरिका निकासी हुने गर्दछ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताए ।

तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । विपक्षी राजनीतिक दलले राष्ट्रपति मदुरोलाई पदबाट हटाउने प्रयासलाई तीव्र पारेका छन् ।अमेरिकालगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।

भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ ।  समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata