अमेरिका चन्द्रमा गए नगएको पत्ता लगाउँदै रुस !

आइतवार, मंसिर ९, २०७५



मस्को । रूसको रोस्कोसमोस अंतरिक्ष एजेन्सीले भनेको छ कि चन्द्रमा जाने नयाँ प्रस्तावित मिशनको काम सत्य स्थापित गर्नु हो । बिगतमा अमेरिका चन्द्रमा पुगेको दावी सही वा गलत के थियो ? पत्ता लगाउने रुसको भित्री चाहाना रहेको छ ।

दिमित्री रोगोजिनले गत शनिवार ट्वीटर मार्फत एक भिडियो अपलोड गर्दै भनेका छन । हामीले सत्य स्थापित गर्न एक उपकरण निर्माण गरेका छौं । जसले अमेरिका त्यहाँ गए नगएको पत्ता लगाउन सक्ने छ ।  रोगोजिन त्यो सवालको  जवाब दिंदै थिए जसमा नासा करीब ५० बर्ष पहिला चन्द्रमा गए नगएको बारेमा बोल्दै थिए । रूसमा अमेरिकी नासाको चन्द्रमा यात्रालाई लिएर आम मानिस संका गर्दै आइरहेका छन ।

सोभियत संघले सन १९७० को दशक  देखी आफ्नो चन्द्रमा  कार्यक्रमलाई स्थगित गरेको थियो । सन १९७० को बीच भागमा उसको चन्द्रमा खोजमा प्रयोग गरिएको चार प्रयोगात्मक रकेट विस्फोट भएसँगै स्थगित गरिएको थियो । हालको वर्षमा आएर रुसले आफ्नो पुरानो प्रयोगलाई निरन्तरता दिने बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata