आप्रवासी रोक्न अमेरिकी ५२०० सेना

मङ्लबार, कार्तिक १३, २०७५



काठमाडौं । मेक्सिको हुँदै हजारौँ सङ्ख्यामा मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमामा ५,२०० फौज पठाउँदैछ।

जेनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफुल पेट्रिओट’ नामक सुरक्षा अभियान टेक्सस, एरिजोना र क्यालिफोर्निया राज्यमा केन्द्रित हुने बताए।

त्यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूले ‘अतिक्रमण’ गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताएका थिए।

गत एप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सिमानामा न्याशनल गार्डका २,१०० सदस्य तैनाथ छन्।

परिचालन
एक हप्तापछि हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी अमेरिकाका दुवै राजनीतिक पक्षले आप्रवासीहरूको विषयलाई प्रयोग गरेको एकअर्कामाथि आरोप लगाइरहेका छन्।

नोभेम्बर ६ मा हुने सो चुनावबाट राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमाथिको आफ्नो नियन्त्रण डेमोक्र्याट्सको हातमा जान नदिन खोज्नेछ। जेनरल ओसोनुसीले सीमा सुरक्षा बललाई सघाउने गरी अस्त्र, हेलिकप्टर, हवाईजहाज, सुरक्षा तारवारसहित यसै हप्ताको अन्त्यतिर फौज परिचालन गरिने बताए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank