तरुणदल महासचिव शाहीको समन्वयमा कालिकोटमा एम्बुलेन्स

मङ्लबार, फाल्गुन ६, २०७६



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तणदलका महासचिव भूपेन्द्र जङ्ग शाही पछिल्लो राजनीति संगै सामाजिक सेवामा सक्रिय रुपमा लागिरहेका छन ।  संघीय राज्यबाट निकै दुर्गममा रहेको कर्णाली क्षेत्रको कालिकोटका स्थानीय बिरामीलाई लक्षित गर्दै शाहीको समन्वयमा एम्बुलेन्स प्रदान गर्न लागिएको हो ।

कालिकोट जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा हुने बिरामीहरुलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने उद्धेश्य नोबेल मेडिकल कलेज बिराटनगरका संचालक सुनिल शर्माको सहयोगमा प्राप्त एम्बुलेन्स कालिकोट जिल्ला अस्पतालका समन्वया पृथ्वी रक्तदान फाउन्डेसन कालिकोटलाई हस्तान्तरण गर्न लागिएको शाहीले जानकारी दिए । नेपाली काँग्रेस कालिकोट प्रतिनिधि सभा सदस्यमा पराजित उम्मेदवार समेत रहेका शाहीले जिल्लाको स्वास्थ्य स्थिती र विकासका लागि रचानात्मक कार्य गर्दै आएका छन ।

am

उनले प्राप्त एम्बलुेन्समंगलबार कालिकोट जाने र यहि फागुन ९ गते औपचारिक कार्यक्रम मार्फत एम्बुलेन्स हस्तान्तरण गरिने जनाएका छन । शाहीले भने म मेरो जिल्ला विकासका दृष्ट्रिकोणले निकै दुर्गम छ । यातायातको भरपर्दाे व्यवस्था छैन । यहाँ रोग,भोग र गरिबीले समेत व्याप्त छ । स्वास्थ्यका दृष्ट्रिकोणले पनि कयौं रेगी बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । यस एम्बुलेन्सले त्यस क्षेत्रका नागरिकलाई राहात प्रदान हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments