भारतीय नक्सलपन्थीको एम्बुसमा पाँच जनाको मृत्यु

बिहिबार, कार्तिक २२, २०७५



छत्तिसगढ । छत्तिसगढको दन्तेवाडामा भारतीय नक्सलपन्थीको एम्बुसमा परी एक प्रहरी जवान र चार सर्वसाधारण सहित पाँच जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय कम्युनिष्टको एक घटक नक्सलपन्थीले उक्त घटना बचेली एरियामा घटाएको प्रहरीले मिडियालाई जनाएको छ । राज्यमा हुन गइरहेको निर्वाचन भन्दा केही समय पहिला नक्सलपन्थीले विस्फोटक पदार्थ प्रयोग गर्दै प्रहरी र सर्वसाधारण मारे सँगै सुरक्षा व्यवस्था माथी अनेक सवाल खडा गरिएको छ ।

कसरी घटाइयो घटना राज्यको वरिष्ठ प्रहरी अधिकारीले मिडियालाई घटना सम्बन्धी जानाकारी गराउँदै भने , दन्तेवाडा जिल्लाको बचेली थाना क्षेत्र अन्तर्गत बचेली आकाश नगरको नक्सलपन्थीले बारूदी सुरुङ विस्फोट गराउँदै एक मिनी बस उडाई दिए । उक्त घटनामा मिनी बस चालक, परिचालक र हेल्परको घटना स्थलमा नै मृत्यु हुन पुग्यो ।

साथै केंद्रीय औद्योगिक सुरक्षा बलको एक जवान समेत एम्बुसमा परी मारिएको प्रहरीले बताएको छ । उक्त बसमा प्रहरीको सामान ल्याएको हुन सक्ने आसंकामा नक्सलपन्थीले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । घटनाको बारेमा अधिक अनुसन्धान भइरहेको जनाइएको छ ।

105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank