झण्डै एक दर्जन राजदुत फिर्ता बोलाइदै, दुई देशमा दुतावास नै खारेज हुने !

मङ्लबार, चैत्र १३, २०७४



काठमाडौं । सरकारले कुटनीतिक क्षेत्रमा नयाँ ढंगले काम गर्ने रणनीति बनाएको छ । केही देशमा रहेका नेपाली दुतावास खारेज गरेर नेपालको कुटनीतिलाई बलियो बनाउनेगरि सराकरले रणनीति बनाएको छ । स्रोतका अनुसार यसअघिको सरकारले नियुक्त गरेका केही राजदुतहरुलाई फिर्ता बोलाएर नयाँ राजदुत पठाउने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक चरण छलफल गरिसकेका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अध्यनमा लागेका छन् । ‘कुन देशमा राजदुत आबश्यक छ वा छैनन्, देखि कुन देशको राजदुतले कुन भूमिका खेलेको छ भन्नेसम्मको अध्यन भइरहेको छ’ परराष्ट्रका एक अधिकारीले नेपालपाटीसँग भने ‘सबै विबरण संकलन भएर अध्यन गरेपछि मन्त्रीज्यूले निर्णय गर्ने भन्नुभएको छ ।’

यसअघि केपी ओली नेतृत्वको सरकारले राजदूतमा २१ जना सिफारिस गरे पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले परराष्ट्र मन्त्रालयबाट सिफारिस भएका आठ जना सह–सचिवबाहेक १३ जनाको नियुक्ति उल्टाएको थियो । पछि १२ स्थानमा राजदूत नियुक्त गरियो । कर्मचारीबाट सिफारिस परेका कायम रहने र राजनीतिक दलबाट सिफारिसमा परेकालाई फिर्ता बोलाउने की भन्नेमा छलफल भइरहेको छ ।

जापान, इजरायल, स्पेन, कतार, बंगलादेश, म्यानमार, दक्षिण कोरिया, श्रीलंकालगायतकालाई फिर्ता बोलाउने तयारी छ । बेलायत, रुस, अमेरिका र अन्य केहीका राजदूत मुलुक परिवर्तन गर्ने गृहकार्यमा सरकार छ ।

राजदूत सिफारिस सोचेर गर्न आवश्यक रहेको सुझाव आइरहेको अवस्थामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसमा काम गर्ने सोच बनाएका छन् । भारत, युनाइटेड अरब इमिरेट्स, मलेसियामा राजदूत खाली छन् । स्रोतका अनुसार भियना, स्पेनमा दुतावास नै खारेज गर्ने की भन्ने छलफल भइरहेको छ ।

राजदुत विना प्रधानमन्त्री भ्रमण

प्रधानमन्त्री ओलीको भारत भ्रमण राजदुत विनानै हुने भएको छ । राजदूत दीपकुमार उपाध्याय चुनाव लड्न आएपछि भारतमा राजदुत खाली छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण आउँदो चैत अन्त्यमा हुने अवस्था छ । तर, राजदूतको पत्तो छैन । विना राजदुत प्रधानमन्त्री भ्रमण खल्लो हुने देखिन्छ । त्यसअघि नै सरकारले राजदुत नियुक्त गर्ने सम्भावना नरहेको प्रधानमन्त्री ओलीको सचिवालयका एक अधिकारीको भनाई छ ।

497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank