अमेजोन जङ्गलमा एक दशककै कम रुखहरू

बिहिबार, मंसिर ५, २०७६



एजेन्सी । पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्ने विशाल अमेजोन जंगलमा हालसम्मकै कम रुखहरुको नयाँ रेकर्ड सार्वजनिक  भएको छ ।  भएको सोमबार सार्वजानिक सरकारी डाटाले उल्लेख गरेको हो । सोमबार सार्वजानिक गरिएको तथ्यांकअनुसार एक दशकमा वन फडानीको स्तर अहिले जतिको उच्च कहिल्यै नभएको जनाइएको छ ।

राष्ट्रिय अन्तरिक्ष अनुसन्धान संगठनले सार्वजानिक गरिएको डाटाका अनुसार ब्राजिलको नौवटै स्टेटमा रहेका अमेजोन क्षेत्रमा वन फडानी  ११ वर्षकै उच्च दरमा पुगेको छ । गत जुलाईपछी मात्रै ९ हजार वर्ग किलोमिटर भन्दा धेरै वन क्षेत्र नष्ट भएका छन् । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा  वन विनाश २९.५ प्रतिशतले वृद्धि भएको बताइएको छ । सो तथ्याङ्क २००८ पछिकै सबैभन्दा उच्च हो ।

२०१८ अक्टोबरमा निर्वाचित राष्ट्रपति जेर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको अमेजोन क्षेत्रमा लगातार नोक्सान पुगेको खबर आएपछि अन्तर्राष्ट्रिय समुदायले धेरैपटक उनको विरोध गरिसकेको छ । उनीमाथि वन क्षेत्र वरपरका नागरिकहरुलाई फडानी गर्न प्रोत्साहन गरेको र गैरवातावरणीय नीति अपनाएको आरोप लगाइँदै आएको छ ।

ब्राजिलका वातावरण मन्त्री रिकार्डो सेल्सले यसबारे पत्रकार सम्मेलनमा भनेका हुन्, “वन फडानीको तथ्याङ्क हामीले चाहेको भन्दा धेरै माथि पुगिसकेको छ तरपनि तीन अंकसम्म नपुगेको रिपोर्टमा देखिएको छ । ” सेल्सका अनुसार जीवजन्तुहरुलाई अनियन्त्रित रुपमा र्चन छाडिदिने, बढ्दो कृषिका गतिविधि, काठ तस्करी लगायत अवैध क्रियाकलापहरुका कारण वन फडानीको स्तर एक्कासी बढेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata