पृथ्वीको २० प्रतिशत अक्सिजन संकटमा, अमेजनको आगो अझै निभेन

शुक्रबार, भदौ १३, २०७६



एजेन्सी । पृथ्वीको अक्सिजको मुख्य स्रोत मानिने अमेजन जंगलमा भएको भीषण आगलागी अझै निभेको छैन । एक साता भन्दा लामो समयदेखि अमेजनमा भीषण आगलागी भईरहेको छ । पृथ्वीको कुल अक्सिजनको २० प्रतिशत अक्सिजन अमेजन जंगलबाट आउँछ ।

५५ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जंगलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्दछ भने १३ प्रतिशत पेरुमा, प्रतिशत कोलम्बिया र बाँकी भूभाग भेनेजुएला, इक्वेडर, बोल्भिका, गुयाना,सुरीनेम र फ्रेन्च गुइएना क्षेत्रमा फैलिएको छ ।  यहाँ ३९० बिलियन अलग-अलग प्रजातिको बोटबिरुवा पाइन्छ भने १६ हजार अलग-अलग प्रजातिको जनावरहरू रहेको आंकलन गरिएको छ  ।

भयानक आगलागीका कारण अमेजन क्षेत्रमा धुवाँ फैलिएको छ । आगलागीको धुवाँ दुई हजार माईल उचाईसम्म पुगेको वैज्ञानिकहरुले बताएका छन् । अमेजनको आगलागीबाट ब्राजिलका आधा दर्जन राज्य प्रभावित भएका छन् ।

आगोले जलेर लाखौँ जनावर मरेका छन् । संसारकै ठूलो जंगल अमेजनमा आगलागी हुँदा वायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा पनि थपिएको छ ।

अमेजन जंगलको आगो निभाउन ब्राजिल सरकारले सेना पनि पठाएको छ । हवाई दमकल पनि प्रयोग गरिरहेको छ । तर,आगो अझै नियन्त्रणमा आएको छैन ।

अमेजन आगलागीको विषयमा फ्रान्स र ब्राजिलबिच तिक्तता समेत बढेको छ । फ्रान्सले ब्राजिलले आगो नियन्त्रणमा उल्लेख्य प्रयास नगरे ब्राजिलसँगको व्यापार सम्झौता रद्ध गर्ने चेतावनी दिएको छ ।

आगलागी नियन्त्रणमा ब्राजिल गंभिर नभएको भन्दै विश्वभर ब्राजिली दुतावास बाहिर प्रर्दैशर्न समेत भईरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata