अमरेशकुमारको प्रश्न ‘यही हो सरकारको राष्ट्रियता, सरकार कसरी राष्ट्रवादी ?

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ । भारत निकट भनेर चिनिने नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले राष्ट्रियता र स्वाभिमानको विषयमा सरकारसँग प्रश्न गरेका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा सिंहले भारतीय सत्तारुढ दलका सांसदले जनकपुरलाई मिसाएर मिथिला प्रदेश बनाउने ट्वीट गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच वान टु वान वार्ता भएको, संस्थालाई कमजोर बनाउने गरी व्यक्ति हावी भएको तर्क गर्दै प्रश्न गरे ‘के यहि हो सरकारले भन्ने गरेको राष्ट्रियता ? यहि हो स्वाभिमान ? कुनै पनि राष्ट्रका कार्यकारी प्रमुख बीचको वार्ता वान टु वान हुन सक्छ ? मोदी र ओलीबीचको वान टु वान बार्ताबारे परराष्ट्र मन्बालयमा अभिलेख रहनुपर्छ कि पर्दैन ?’

उनले थपे ‘सीमामा रहेका जनताले अनावश्यक सास्ती खेप्नुपर्दा पनि भारतसँग कुरा गर्न नसक्ने सरकार कसरी राष्ट्रवादी हुन्छ ? नेपाल र भारतबीच अहिले मात्र नभएर विगतदेखि नै राम्रो सम्बन्ध रहेको उनले बताए ।

बैठकले कांग्रेस सांसदहरूले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरेका थिए । उनीहरूले सरकारको राष्ट्रवादी चरित्र नांगिएको दावी समेत गरेका थिए ।

53 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank