पतिकै अगाडि सामूहिक बलात्कार, भिडियो भाइरल

बुधबार, बैशाख २५, २०७६



एजेन्सी । राजस्थानको अलवर जिल्लामा एक दलित दम्पतीलाई बाटो छेकेर सुनसान ठाउँमा लगियो । र, श्रीमानकै अगाडि सामूहिक बलात्कार गरियो ।
घटनाको भिडियो भाइरल भएको छ । यसलाई लिएर दलित संगठनहरुले अलवरको थानागाजीमा प्रदर्शन गरेका छन् ।

protest_VPcm1KPGIr

प्रहरीले घटनामा एक व्यक्तिलाई गिरफ्तार गरेको छ । अन्य चारजनाको खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । लापरवाहीको आरोपमा प्रहरीको स्टेशन हाउस अफिसर (एसएचओ) सरदार सिंहलाई पनि निलम्बित गरिएको छ ।

लोकसभा चुनावका कारण प्रहरीले यो घटनालाई कैयौं दिनसम्म दबाएर राखेको दलित संगठनहरुले दाबी गरेका छन् । घटना २६ अप्रिलको रहेको बताइएको छ ।

पीडकले सामूहिक बलात्कारको भिडियो भाइरल बनाइदिने धम्की दिएपछि पीडित दम्पतीले यसअघि बोल्ने आँट नगरेको दलित संगठनहरुको भनाइ छ ।

पछि भने पैसाको माग गरियो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरियो ।

protest1_MlFNXqoRP8

घटनाबाट आक्रोशित प्रदर्शनकारीले थानागाजी कस्बेमा मंगलबार प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रिय राजमार्ग नै रोकेर प्रदर्शन गरेका हुन् । यसपछि प्रहरीले दबाबमा आयो र एक अभियुक्तलाई गिरफ्तार गरेको छ ।

राज्यका प्रहरी महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा भनेका छन् कि घटनामा पाँच व्यक्तिको संलग्नता रहेको देखिएको र अभियुक्तहरुको खोजीका लाग १४ समूह गठन गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata