पाकिस्तान कश्मीरवासीको साथ रहने छ – राष्ट्रपति आरिफ अलवी

बुधबार, साउन २९, २०७६



एजेन्सी । पाकिस्तानको इस्लावादमा मनाइएको स्वतन्त्रता दिवस समारोहमा पाकिस्तानी राष्ट्रपति डाक्टर आरिफ अलवीले आज(बुधबार) सम्बोधन गरेका छन् ।

इस्लावाद स्थित कन्वेशन हलमा एक ध्वजारोहण समारोहलाइ सम्बोधन गर्दै उनले भने, ” विगतमा कश्मीरवासीको साथ पाकिस्तान कसरि उभिएको थियो । हामी उनीहरुलाई कुनै पनि हालतमा एक्लै छोड्न सक्दैनौं । कश्मीरी हाम्रा हुन् ।हामी उनीहरुको दु:खलाई सम्झन्छौं । हामी उनीहरुसँग छौं । रहीरहने छौं ।”

समारोहमा पाकिस्तानी नेशनल एसेम्बलीका स्पीकर असद कैसर, सीनेट अध्यक्ष सदिक संजरानी र सुचना, प्रशारण मामिलाका  विशेष सहायक फिरदौस आशिक सहित थुप्रै राजनीतिक नेता उपस्थित थिए ।

यस अघि स्वतन्त्रा दिवसको लागि दिइएको सन्देशमा राष्ट्रपति अलवीले उल्लेख गरे, “कब्जा गरिएको कश्मीर भू-भाग र कश्मीरको विशेष दर्जा समाप्त गर्न भारत सरकाले गरेको एकतर्फी कदम संयुक्त राष्ट्र संघको प्रस्ताव र शिमला सम्झौताका विरुद्ध एक घटिया षडयन्त्र एवम् घोर उल्लंघन हो ।”

रेडियो पाकिस्तानको अनुसार अगस्ट १४ अर्थात् स्वतन्त्रता दिवस लाहोर, कराँची, पेशावर र क्वेटामा भव्यतापूर्वक मनाइएको छ । कराँचीमा रहेको कैद-ए-आजम मोहम्मद अलि जिन्नाको समाधीमा विशेष कार्यक्रम गरिएको छ । सरकारले कश्मीर एकजुटता दिवसको नारा अंकित विशेष लोगो ‘कश्मीर बनेगा पाकिस्तान”को रातो रङमा विमोचन समेत गरेको छ ।

पाकिस्तान पिपुल्स पार्टीको प्रमुख बिलावल भुट्टो जरदारीले एक ट्वीट मार्फत आफ्ना विचार पोखेका छन्, “हामी आफ्ना कश्मीरी भाइबहिनीको साथ काँधमा काँध मिलाएर उनीहरुको आत्मनिर्णयको अधिकारको प्रयोग गर्ने संघर्षमा साथ छौं ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata