अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

शुक्रबार, जेष्ठ १८, २०७५



वासिङटन । अमेरिकाले स्टील, आल्मुनियम लगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ ।

युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको जानकारी दिइएको छ ।
अमेरिकाको यो निर्णयबाट व्यापारीक साझेदार मुलुकहरूलाई थप बेखुसी बनाउने निश्चित रहेको पनि समाचारमा जनाइएको छ ।

अमेरिकाका व्यापार मन्त्री विल्बर रोसले क्यानडामा भएको विश्वका मुख्य सात देशका अर्थ मन्त्रीहरुसँगको बैठकपछि कर वृद्धिको घोषणा गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments