यी सब मेरा भगवान !

शनिबार, अशोज १३, २०७५

- सीता ओझा -अध्यक्ष  महिला अध्ययन केन्द्र



आकासका चन्द्रसुर्य, प्रकाशका ज्योती कुन्ज
ब्रम्हाणडका रहस्य,खोजका हुन यी सब अस्त्र
करूणा र भावना मिल्ने र विवेक भरिएका सबै
मनले सम्झदा जगतको तन्द्रामा गति भेटिएका
ती सब मेरा भगवान हुन प्रारब्द सिकाउने

 

जन्माउने,हुर्काउने र शिक्षा भित्रको ममतामा लठ पार्ने
ममताको लाख भित्र जीवनको  ऐश्वर्यले मख्ख पार्ने
काम ,क्रोध र मोह,सिकाउदै जीवन भर पछ्याउने
माता पिता आफू जलेर सिङ्गै जीवन सिकाउने
ती सब मेरो भगवान हुन जीवन लिला बुझाउने

 

सृष्टि,रति र क्रिडाको  जीवन लिला बनाउने
चक्रसरीको पृथ्वि,मणि र रत्न झै यो  जीवन
गोलार्ध,विन्दु,ध्रुव र अन्तरिक्षको,ज्ञान बुझाउने
सृष्टिको संरचना भित्रको चराचरको विज्ञान बुझाउने
यी सब मेरो भगवान हुन ऐश्वर्यले श्रृङ्गार गर्ने

 

 

मन्दिर ,मस्जिद पस्दा भेटिन मैले  देवात्मा
स्तुपा र चैत्य घुम्दा देखिन है मैले शान्त
चर्च न चारधाभमा भेटें पर-आत्मा समाधिमा
परम आनन्द पांए मातृ र पितृत्वको विमानमा
यीनै लाई भगवान बनाए लिलाको चक्रमा पर्दा

 

अहिले अध्ययन,चिन्तन र मनन्,खोजमा छु
निराकार  निरन्जन स्वरूपको प्राप्ति कहाँ पाइन्छ ?
आखिरी सत्य त यहि हो, भनि बुझेर लेख्न मन भो
वाद र विचार बाहेकको सत्य भेट्न सक्ने अवस्था रहेमा
त्यसलाई सत्य मान्दै भगवान  मान्ने थिएँ म

261 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank