ट्रम्पविरुद्ध ह्वाइट हाउसका कर्णेलले दिए बयान, महाभियोगको संकट झन् बढ्यो !

बुधबार, मंसिर ४, २०७६



अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगको संकट झनै बढेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी उच्च विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न युक्रेनी समकक्षीसँग आग्रह गरेको स्वीकारेका छन् ।

ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्को तल्लो सदनले शुरु गरेको जाँचबुझ सुनुवाइका क्रममा उनले एक कदमअघि बढेर राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका हुन् ।

ह्वाइट हाउस भने सो बयान दिने अधिकारीविरुद्ध खनिएको छ । भिन्डमनको जन्मभूमि युक्रेन हो । उनी ४० वर्षदेखि अमेरिका बस्दै आएका छन् । इराक युद्धमा योगदान पुर्याएको भन्दै सम्मानित उनले यस्तो बयान दिएपछि उनीविरुद्ध ह्वाइट हाउस खनिएको छ ।

गत जुलाइमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको फोनवार्तामा ट्रम्पले डेमोक्रेटिक नेता जोए बिडेनमाथि छानविन गर्न अनुचित राजनीति आग्रह गरेको भिन्डमनले  बताएका छन् । भिन्डमनले संसद्को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, ‘राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति त्यो असुहाउँदो थियो, अनुपयुक्त थियो ।’

ट्रम्पले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएका छन् । हाउस अफ रिप्रिजेन्टेटिभ्सको समितिले राष्ट्रपतको शक्तिको दुरुपयोग गरे/नगरेको बारे अनुसन्धान गरिरहेको छ ।

ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो भने सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरू रिट्वीट गरिएका थिए ।

युक्रेनमा जन्मिएका उनी इराक युद्धमा पुर्याएको योगदानका लागि सम्मानित समेत भएका थिए । टेलिभिजनबाट प्रत्यक्ष प्रसारित महाभियोग सुनुवाइ मंगलवार तेस्रो दिन भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata