ग्वाटेमालाको राष्ट्रपतिमा अलेजान्द्रो गीमातेई निर्वाचित

सोमवार, साउन २७, २०७६



ग्वाटेमाला  । ग्वाटेमालामा भर्खरै सम्पन्न निर्वाचनले  अलेजान्द्रो गीमातेइलाई राष्ट्रपतिमा चुनेको छ  ।  भामोस पार्टीका  अलेजान्द्रोले ग्वाटेमालाका जनतासामू अपराध र सुरक्षा सम्बन्धी मुद्दालाई सम्बोधन गर्ने नारा दिँदै निर्वाचनमा होमिएका थिए  ६३ वर्षीय अलेजान्द्रोले ५८.९६ प्रतिशत मत प्राप्त गर्दै पूर्व प्रथम महिला सान्द्रा टोरेसलाई पराजित गरेको मिडियाले जनाएको छ  

निर्वाचनमा विजय हासिल गरेसँगै देशवासी र पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राष्ट्रपति अलेजान्द्रोले भने, “आज देशको नयाँ अवधि हो। जसले हामीलाई मतदान गरे,  जसले हामीलाई मत दिएनन, र जो मतदान गर्न गएनन, त्यसले केही फरक पार्दैन। आज हामीलाई एक हुनु आवश्यक छ, आज म सम्पूर्ण ग्वाटेमालाका देशवासीको राष्ट्रपति हुँ।”

पूर्व सैन्य सहयोगी अलेजान्द्रोले राष्ट्रपति पदमा विजयी भए पनि १४ जनवरी २०२० मा आफ्नो पदभार ग्रहण गर्नेछन् ।

निर्वाचनमा पराजित सान्द्रा टोरेसप्रति ग्वाटेमालाका जनताले मानव अधिकार हनन र चरम भ्रष्टाचारको विरुद्धमा मतदान गर्नुले अलेजान्द्रोको विजयको कारण रहेको स्थानीय मिडियाले जनाएका छन्।

नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रोले ग्वाटेमालाको वर्तमान अवस्थालाई नियन्त्रण गर्ने हेतुले अपराधको बारेमा कडा अभियान संचालन गर्ने जनाएका छन् । भ्रष्टाचारीलाई आतंकवादी जस्तो व्यवहार गर्ने, मृत्युदण्डलाई वैधानीक बनाउने र आर्थिक प्रगतिको लागि थप लगानी भित्राउने वाचा गरेका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata