सामुन्द्रिक विमान एकआपसमा जुध्दा १० जना घाइते, ६ जना बेपत्ता

मङ्लबार, बैशाख ३१, २०७६



अलास्का  ।  अमेरिकाको अलास्का अन्तर्गत दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुई वटा सामुन्द्रिक विमान एकआपसमा जुध्दा १० जना गम्भीर घाइते भएका छन्  भने ६ जना बेपत्ता भएका छन् ।

केत्चिकानबाट २५ देखि ३० माइलाको दुरीमा रहेको जर्ज इनलेटतर्फ जाँदै गरेको दुई सामुन्द्रिक विमान चर्चित पर्यटकीय क्षेत्र मिस्टी  जोर्ड्स नेशनल मोनुमेन्ट नजिकै एकआपसमा जुधेका हुन् ।  यात्रु र चालक सहित ११ जनाको पहिलो सी प्लेन  ५ जना विदेशी नागरिक बोकेको दोस्रो सी प्लेनसँग जुध्न पुगेको अमेरिकी तटीय प्रहरीले जनाएको छ ।

तटीय प्रहरी जोन पाउल राओसका अनुसार गम्भीर घाइते भएका १० जनाको उपचार भइरहेको छ । साथै बेपत्ता भएका ६ जनाको खोजीकार्य जारि छ ।

दुइ विमान किन जुध्न पुगेका हुन् भन्ने बारे फेडरल एभिएशन एडमिनिस्ट्रेशनले छानबिन शुरु गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata